गिरिजाप्रसाद कोइरालाको सम्झनामा दीप प्रज्वलन

नेपाल विद्यार्थी संघले शान्ति’बाटिकामा दीप प्रज्वलन गरी गिरिजाप्रसाद कोइरालाको सम्झना गरेको छ ।

१२औं स्मृति दिव’सको अवसरमा सोमबार साँझ जनप्र’शासन क्याम्पसका विद्यार्थीको आयोजनामा दीप प्रज्वलन गरिएको नेविसंघका निवर्तमान महामन्त्री दीपक भट्टरा’ईले बताए ।

का’र्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले गिरिजाको स्मरण गर्दै उनले जीव’नभर संघर्ष गरेको बताए ।सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्ति प्रकि्रयामा ल्याउने र राजतन्त्र हटाएर गणतन्त्र ल्याउने महत्वपूर्ण काम गिरिजाले गरेको उन’को भनाइ छ ।

कार्य’क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, संखुवासभाका सभापति दीपक खड्का, नेविसंघ’की निवर्तमान उपाध्यक्ष उर्मिला थपलियालगायतको उप’स्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्