“सबैको समर्थन देखेर मेरो हिम्मत बढेको छ, म यो लडाइँबाट ह’ट्ने छैन ” गायिका समिक्षा

ति गायिका अहिले ना’बालिका नै छिन् । १७ वर्षको अपरि’पक्व उमेरमै उनले जीवनको निकै कठिन परीक्षा दिनुपरेको छ । जादुयी स्वरका कारण कलिलैमा उनले जुन ख्याति आर्जन गरिन्, त्यो आज दाउमा लागेको छ । लाखौं फलोअर्स भएका एक ‘स्टार’ को हातमा ह”त्कडी लगाउने गरी उनले चालेको कदम कम्ता बहा’दुरीपूर्ण थिएन । यद्यपि, चुनौतीहरू सकिएका छैनन् । बरु आगामी दिनमा अझै थपिँदै जा’लान् ।

पछिल्लो एक वर्षमा गा’यिकाले निकै प्रताडना भोगिन् । आफूले आइडल मानेको पात्रसँग एकोहोरो प्रेममा फस्दा उनको निजी जीवन बिथोलियो । उमेरजन्य अपरि’पक्वताले गर्दा यो बीचमा धेरैबाट ‘म्यानुपुलेट’ पनि भइन् । कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् । अब चाहिँ निर्णायक लडाइँमा छिन् । आफूलाई प्रेम’जालमा फँसाएर स्वार्थसिद्धी भएपछि लत्याउने पुरुषका वि’रुद्धको लडाइँ उनलाई जसरी पनि जित्नु छ ।

तर, बिस्तारै आफ्नो पक्षमा बढ्दो सहानु’भूतिका कारण अहिले उनको मनोबल बढेको छ । हिजोआज उनले आफूलाई मानसिकरूपमा निकै बलियो बनाइस’केकी छन् । ‘पहिले धेरैजसो गाली मात्रै थिए । फेसबुक हेर्न पनि डर लाग्थ्यो । तर अहिले धेरैजनाले समर्थन गर्नुभएको देखेर मेरो हिम्मत बढेको छ । म यो लडाइँ’बाट व्याक हुन्न,’ गायिकालाई उद्धृत गर्दै निकट स्रोतले भन्यो ।

काठमा’डौंबाट दुई वर्ष जेठी दिदी र भिनाजुसँग उनी जिप्रका तनहुँमा जाहेरी दिन पुगेकी थिइन् । कास्कीबाट उनका बुबाआ’मा पनि त्यहाँ आएपछि जाहेरी दर्ता गरिएको थियो । दर्तापछि उनी बुबाआमासँग कास्कीको लाहचो’कमा रहेको आफ्नो घरमा गइन् । तर, त्यहाँ छरछिमे’कीले धेरै नै खोजीनिन्दा गर्न थालेपछि उनी अहिले एक आफन्तको घरमा बसिरहेकी छन् ।

शाह प’क्राउ परेपछि सामाजिक सञ्जालमा पी’डितमाथि नै लाञ्छ’ना लगाउने र आरो’पितको पक्षमा पैरवी गर्ने प्रतिस्पर्धा नै चलेको छ। नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग ‘सहमति लिएरै’ पनि यौ’ ‘न स’म्प’र्क गरेमा ब’ला’त्का’र ठहरिन्छ। तर, प्रचलित कानुन, प्रहरी अनुसन्धान र अदालतलाई समेत प्रभावित गर्न तथा पीडि’तलाई ‘आ’तंकि’त’ बनाउन अहिले सिने कलाकारहरू नै लागेका छन्।

पलको बचा’उमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्। युट्युबका धेरै सामग्रीमा पी’डितको नाम, फोटो र भिडियो प्रयोग गरिएको छ। प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको च’रि’त्र ह’ ‘त्या गर्ने प्रवृत्ति हाबी भएको छ, यसरी पीडि’तको नाम लिएर च’रि’त्रह’ ‘त्या गर्ने प्रयास गर्नेलाई एक वर्ष कैद, ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट कानुनी व्य’वस्था छ।

टिकटक र युट्यूवमा आएका भिडि’ओहरू पनि हेर्छिन् । खासगरी टिकटकका भिडिओ र कमेन्टहरूले उनलाई अझै पनि आहत तुल्या’इरहेका छन् । आफ्नो मोबाइल नभएकाले किशोरी बाहिरी मानिसहरूको सम्पर्कमा खासै छैनन् । नजिकका आफन्त र सीमित साथीभा’इसँग मात्रै उनको कुरा भइरहेको छ ।

उनका दाइ वैदेशिक रोज’गारीका लागि दुबईमा छन् । दिदी र भिनाजुले चाहिँ उनको साथ छो’डेका छैनन् । परिवारको बलियो साथले गर्दा पनि उनको आत्म’बल बढेको छ । पहिले-पहिले उनलाई राति निदाउनसमेत संघर्ष हुन्थ्यो । तर, अहिले त्यो सम’स्या छैन ।

जाहेरी दिएय’ता कलाकारिता क्षेत्रका धेरै मानिसहरूसँग उनको कुराकानी भएको छैन । केहीले उनलाई यो लडाइँबाट नडग्म’गाउन विभिन्न माध्यमबाट सन्देश पठाएका छन् । स्क्यान्डल बाहिर आएपछि आमरूपमा उनको विप’क्षमा जनमत थियो । तर, अहिले माहोल बदलिएको छ । उनको पक्षमा पनि धेरै मानिसहरू खुल्न थालेका छन् । खासगरी कलाकारिता क्षेत्रमा महिला सेलिब्रिटीहरूले सामाजिक सञ्जालमार्फत जनाएको समर्थनले उनी हौसि’एकी छन् । Tajakhawar बाट

प्रतिकृया दिनुहोस्