दुर्गेश थापालाई हटाईएको महोत्सवमा किन जान मानेनन् गायक बद्री पंगेनी ?

गायक तथा मोडल दुर्गेश थापा`लाई हटाइएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा लोकगायक बद्री पंगेनी पनि सहभागी नहुने भएका छन्। महोत्सवमा सुदूर`पश्चिमको मौलिक लोक संस्कृति र स्थानीय`ले प्राथमिकता पाउनु`पर्छ भन्ने आवाज प्रति ऐक्य`बद्धता एवम् समर्थन जनाउँदै उनले सहभागी नहुने निर्णय गरेका हुन्।

स्थानीय कला`कारको गुनासो र उनीहरुको माग सम्बो`धन गर्दै आफु महोत्सवमा सहभागी नहुने निर्णय गरेको गायक बद्री पंगेनीले बताए। ‘अहिले स्थानीयस्तरमा जहाँ महोत्सवको आयो`जना हुन्छ। त्यहाँ स्थानीय कलाकारले प्रथा`मिकता पाउनु`पर्छ भन्ने आवाज उठ्दै आएको छ’ पंगेनीले भने ‘स्थानीयले प्रथामिकता पाउनुपर्छ भन्ने मेरो पनि माग हो।

त्यसैले महोत्सव`मा मैले नजाने निर्णय गरे।’ स्थानीय महोत्सवमा स्थानीय कला`कारले प्रथामिकता पाउनु राम्रो कुरो हो भएको बद्रीको भनाई रहेको छ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोज`नामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयो`जना हुँदैछ। महोत्सवमा दुर्गेश भने अभिनेता पल शाहको प्रकरणमा वि’वादित भएपछि महोत्सव आ`योजकले हटाएका हुन्।

अत्तरिया पूर्व रोडमा रहेको खुल्ला स्थानमा आयो`जना भएको महोत्स`वमा १ लाख बढी मानिसको सह`भागिता रहने आयोजकको दाबी छ। महो`त्सवमा देशका केही चर्चित कला`कारको अलवा सुदूर`पश्चिमका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।

प्रतिकृया दिनुहोस्