असोज ५ गते बाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान गर्ने सरकारको निर्णय

गत बर्षको चैत ११ गते’देखि बन्द रहेको लामो दूरीको यातायात र आन्तरिक ह’वाई उडान असोज ५ गतेदेखि सञ्चाल’नमा आउने भएका छन ।

मन्त्रिपरिषद्को’ सोमबार साँझ प्रधान’मन्त्री निवास वालुवाटारमा बसेको बैठकले बन्द रहेका लामो दूरीको याता’यात र आन्तरिक हवाई उडान असोज ५ गतेदे’खि खुल्ला गर्ने निर्णय गरेको छ ।

लामो दूरीको याताया’त र आन्तरिक हवाई उडान सञ्चालनमा ल्याउँदा स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा गर्नु पर्ने प्राव’धान पनि सर’कारले राखेको छ ।

यस अघि दुबै सेवा खोल्ने विष’यमा बि’भिन्न मिति तय गरे पनि बढ्दो संक्रमणको जोखि’मलाई ध्यान’मा राखेर पुनः दुबै सेवा स्थगित गर्ने निर्णय गरिदै आएको थियो । लामो समयदेखि बन्द रहँदा आफुहरुको व्यवसाय धराशयी बन्ने अव’स्था आएको दुबै क्षेत्रले गुना’सो गर्दै आएका थिए । – न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्