बलिउड अभि’नेता सलमान खान’लाई हरिण शि’कार गरेको केसमा जोधपुरको अदालतमा उपस्थित हुन वकिलले आदे’श दिएका छन् । राजस्था’नको जोधपुर जिल्लाको अदालतले सलमा’नलाई २८ सेप्टेम्बरमा अदालतमा पेश हुन भनेको हो ।
सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातह’तियार सम्बन्धि मु’द्दाको सुनुवाई पूरा हुन नसकेपछि सलमान’लाई अर्को सुनुवाईमा अ’दालतमा आफैं पेश हुन आदेश दिइएको हाे ।
अक्टोबर सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा दुई कालो हरिणको शिकार गरेको आ’रोप लागेको थियो ।
यो मामिलामा लामो कानूनी प्रक्रियापछि अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो ।
यद्यपि, यसका सह आरोपी सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छुट दिइएको थियो । सजाय सुनाइ’एपछि सलमानलाई जेल पठाइएको थियो । हाल उनी जमान’तमा बाहिर छन् । सलमानले ट्रायल कोर्टको यो निर्णयला’ई चुनौ’ती दिएका छन् । – न्युज२४नेपाल