यिनै हुन् २० बर्षिया कञ्चन, जस्ले आफ्नै घरबेटीसँग खेलिन् डर`लाग्दो गेम, साथमा थिए ३ युवक….

सिन्धुपाल्चाेक : दिनदाहाडै सदरमुकाम क्षेत्रबाट एक लाख नगदसहित १३ ताेला सुन चाे`री गर्ने गिराेहका चार जना प`क्राउ परेका छन्।

नगदसहित सुन चाेरीमा संलग्नलाई १३ दिनपछि सिन्धुपाल्चोक प्रह`रीले सार्व`जनिक गरेकाे हाे। नेपाल पत्र`कार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठकाे सदरमुकाम`स्थित घरबाट गत पुस १२ गते एक लाख नगदसहित १३ ताेला सुन चाे`री भएकाे थियाे।

घरमा काेही नभएकाे माैका छाेपी दिउँसै घरमा चाे`री भए`पछि श्रेष्ठले जिल्ला प्र`हरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। प्र`हरीले पीडित श्रेष्ठको घरमा डेरा`गरी बस्ने सुनकोसी गाउँपालिकाकी २० वर्षीय कञ्चन पराजुली`लाई नियन्त्रणमा लिइ अनु`सन्धान सुरु गरेकाे थियाे।

चाेरीमा संलग्न कञ्चनसहित इन्द्रावती गाउँपालिका- १० का २४ वर्षीय मनिष सुन्दास, इन्द्रावती-९ भिमटारका २५ वर्षीय बुद्ध तामाङ र भिमटारकै २६ वर्षीय विक्कि भनिने अनिल तामाङ रहेकाे प्रह`रीले जनाएकाे छ।

पीडि`त श्रेष्ठकाे घरमा ६ महिना पहिलेदेखि भाडामा बस्दै आएकी पराजुलीले अन्य तीन जना युवाकाे सहयाेगमा चाे`री गरेकी हुन्। चाे`रीकाे याेजनाकार पराजुली पीडि`त श्रेष्ठकाे छाेरीकाे सहपाठी पनि हुन्।

आफूसँग रहेकाे घरकाे मुल ढाेकाकाे चाबी ती युवकहरूलाई दिएर कञ्चनले चाे`र्नकाे लागि परिचालन गरेकाे अ`नुसन्धानकाे क्रममा खुलेकाे प्रहरी`ले जनाएकाे छ।

चाेरी`मा प्रयोग भएकाे एउटा माेटर`साइकल, ६ ताेला सुन, केही नक्कली सुनसहित चाे`रीमा संलग्नलाई प्रहरीले साेमबार सार्व`जनिक गरेकाे हाे। बरामद गरिएकाे सुन स्वरुप बदलिएकाे पाइएकाे र पीडि`तले हराएकाे भनेजति सबै सुन नभेटिएकाले अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधि`कारीले जानकारी दिए।

चाे`रीमा अन्य व्यक्तिकाे पनि संलग्नता हुनसक्ने भएकाले अनु`सन्धान नसकिएकाे अधिकारीले बताए। आफ्नाे घनमाल चाेरीमा संलग्न पक्राउ गर्न सफल भएकाेमा खुसी व्यक्त गर्दै पीडित श्रेष्ठकी श्रीमती गुणकेसरी श्रेष्ठले अनु`सन्धान कार्यमा संलग्न अधिकारी सहित जिल्ला प्रह`री प्रमुख राजन अधि`कारीलाई खादा लगाएर सम्मान गरेकी थिइन्। थाहा खबर

प्रतिकृया दिनुहोस्