‘हामी सँगै छौं, सम्बन्ध प्रत्येक दिन जस्तो हुन्छ तर विवाह भएको छैन’ – अभिनेत्री अनु शाह

अभिनेत्री अनु शाह अभि’नयका कारण भन्दा पनि प्रेमका कारण बढी चर्चामा छन्। उनको अभिनेता सविन श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण चर्चा छ। केही समय लुकिछिपी माया साटेको यो जोडीले पछिल्लो समय खुलेरै प्रेम व्यक्त गरिरहेको छ। उनीहरु एकअ’र्काको परिवारसँग पनि नजिक भइसकेका छन्।

२०७४ साल’मा यो जोडीले काठमाडौं जिल्ला अदालतमा विवाह गरेको खबर सार्वजनिक भएको थियो। तर, उनीहरुले यसलाई गलत बताए। नि षेधाज्ञाको समयमा अनुले आफ्नो सिउँदोमा सिन्दूर लगाएर टिकटक बनाएपछि उनले गुपचुप रुपमा सवि’नसँँग विवाह गरेको फेरि चर्चा चल्यो। तर, उनले आफूहरु सँगै भए पनि बिहे नभएको स्पष्ट पारेकी छन्।

अनु भन्छिन्- ‘हामी केही वर्षदेखि सँगै नै छौं संबन्ध प्रत्यक दिन जस्तो हुन्छ तर विवा’ह भएको छैन। हाम्रो इन्गेजमेन्ट पनि भएको छैन। तर हामी कहिल्यै नछुटिउँ भनेर उहाँले ‘प्रमिस रिङ’ लगाइदिनुभएको छ।’ आफूहरु तत्काल विवाहको योज’नामा नभएको पनि उनले सुनाइन्। आफ्नो गर्धनमा सविनको नामको ट्या टु समेत खो पाएको बताएकी छन्।

सविन’सँगको पहिलो भेटबारे उनी भन्छिन्, ‘मैले उहाँलाई २०६८ सालमा चिनेको हो। होलीको फोटोसुटको क्रममा हामीबीच चिनजान भएको थियो। हामी सँगै भएको चाहिँ चार वर्ष जति भयो।’ उनी सविनको सहयोगी भावना आफूला’ई मनपर्ने बताउँछिन्।

उनले आफूले क’हिल्यै नम्बर वान हिरोइन बन्छु भनेर नसोचेको पनि बताएकी छन्। उनी भन्छिन्, ‘मैले जीवनमा कहिल्यै नम्बर वान हिरोइन बन्छु भनेर सोचिनँ। राम्रो कला’कार बन्न हिँडेको हुँ।’ जे होस् सबिन र अनुको प्रेमले राम्रै चर्चा पा’एको थियो।

प्रतिकृया दिनुहोस्