मुख्य’मन्त्री राईले भने: ‘म रचना रिमाललाई वान साइड लभ गर्छु’

प्रदेश १ मुख्य`मन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाल`लाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीत`संगीतलाई माया गर्ने व्यक्ति रहेको जान`कारी दिएका छन् ।

झापाको बेलडाँगी`स्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरि`काले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका रच`नाको गायिकी क्षमता र वाक् शैली`प्रति आफू वान साइड लभमा परेको बताएका हुन् ।

’झापाकी गायिका रचना रिमाल`प्रति म वान साइड लभमा छु’, उनले भने, ’उनको गायिकी क्षमता`को प्रेममा परेको हुँ ।’

रच`नाको जबाफ दिने शैलीको तारिफ गर्दै मुख्यमन्त्री राईले भने, ’अन्तर्वार्ता लिँदा तपाईं कस`लाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् ।’

नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कला`कारको क्षमता`बारे बताए ।गायक प्रेम`राजा महतले ’पानको पात’ बोलको गीत गाउँदा नायिका रिमाल`सहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकार`सँग मुख्यमन्त्री राई नाचेका थिए । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्