नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा नं ३ ले गर्यो देउसीभैलो कार्यक्रम

टेकेन्द्र ओझा :
नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा नम्बर ३ ले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्दै आजबाट देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।

नेपाली काँग्रेस बुढी गंगा गाउँपालिका वडा नम्बर ३ ले आयोजना गरेको देउसी भैलो खेल्दै

आफ्नो परम्परा,संस्कृतिको जगेर्ना साथै एक आपसमा भातृत्व कायम गर्ने उदेश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको कांग्रेस वडा नम्बर ३ का सभापति किरण चौधरीले बताउनुभयो ।

उक्त कार्यक्रममा मौलिक देउसी भैलो खेल्नुको साथी केही आधुनिक गीत हरुमा नृत्य समेत देखाइएको थियो । बुढीगंगा गाउँपालिका भित्रका कांग्रेस नेता तथा केही जनप्रतिनिधिको घरमा गई देउसी भैलो खेलिएको थियो ।

देउसी भैलो झलक

अब अर्को देउसी भैलो कार्यक्रम २१ गते आईतबार गरिने कांग्रेस वडा नम्बर ३ समिति सल्लाहकार राधा आचार्यले बताउनुभयो ।

यसै क्रममा नेपाली कांग्रेसबाट नव नियुक्त मन्त्री मा. केदार कार्कीलाई उहाँको निवासमै पुगेर वडा कमिटीले बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।

नव नियुक्त मन्त्री कार्कीले बधाई दिए पश्चात

मन्त्री कार्कीले केही दिन अघि मात्र प्रदेश न.१ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

प्रतिकृया दिनुहोस्