बाँदरलाई अलमल्याउन वनमै फलफूल खेती

बाँदर नियन्त्रणका लागि गोरखाका सामुदायिक वनले जङ्गलमा वनजन्य फलफूल खेती गरेका छन् । डिभिजन वन कार्यालयको सहयो`गमा पाँच वटा सामुदायिक वनले फल`फूलका बिरुवा रोपेका हुन् ।

प्रदेश सरकारको ‘फ्रुट फरेस्ट्री मोडल’ कार्यक्रम`अन्तर्गत अन्र्तगत गोरखाका पाँच वटा सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो ।

धार्चे गाउँपालिका ५ को गुम्गाङ सामुदा`यिक वन, बारपाक सुलिकोट गाउँपालिका ६ को सिर्जना सामुदायिक वन, पालुङटार नगरपालिका ९ को दरौँदीडाँडा सामुदायिक वन, गोरखा नगरपालिका १० विरेञ्चोकको टक्सारटारी सामुदायिक वन र सिरान`चोक गाउँपालिका ३ को बयापानी सामुदायिक वन समूहले बाँदर अलमल्याउन विभिन्न जातका वनजन्य फलफूल लगाएका हुन् ।

‘हामीले जङ्गलमा फलफूल खेतीका लागि सामु`दायिक वनसँग प्रस्ताव आह्वान गरेका थियौँ, बस्तीमा बाँदरले धेरै दुःख दिएका ठाउँ नजिकका सामुदायिक वनलाई प्राथमिकता दिएर छनोट गरिएको हो’, श्रेष्ठले भन्नुभयाे ।

डिभिजन वन कार्यालयको ८० प्रतिशत र सामु`दायिक वन समूहको २० प्रतिशत लगा`नीमा पाँच वटा सामुदायिक वनले चार हेक्टरभन्दा बढी वन क्षेत्रमा फलफूल खेती गरेका हुन् । वनमा हर्रो, बर्रो, अमला, चिउरी, लप्सी, किम्बु जातका वन`जन्य फलफूल लगा`इएको सहायक वन अधिकृत महेश पौडेलले बताउनुभयो ।

त्यसका लागि प्रदेश सरकारको वन, वाताव`रण तथा भू संरक्षण मन्त्रालयले गएको वर्ष १० लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

फलफूल खेती गरेका वन स`मूहका लागि ६ लाख ७० हजार रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । ‘जङ्गलमा आहारा नभएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेको बुझियो’, पौडेलले भन्नुभयो, ‘जङ्गलमा फलफूल खेती गरेपछि बाँदर जङ्गलमै अलमलिने विश्वास गरिएको छ ।’

यद्यपि अहिले लगाइएको फलफूल हुर्किएर उत्पादन दिन पाँच वर्ष जति समय लाग्नेछ । गोरखाका धेरै`जसो ठाउँमा बाँदरले बाली खाएर हैरान पार्ने गरेको छ । बाँदर आतङ्क बढी भएका ठाउँ`का पालिकाले किसानलाई बाँदर धपाउने यन्त्र पनि वितरण गरेका छन् । तर हचुवाका भरमा कार्यान्वयन गरि`एकाले यस्ता उपाय प्रभावकारी नहुने विज्ञहरूको भनाइ छ ।

बाँदर नियन्त्रणका लागि विभिन्न तहका सरका`रले गरिरहेका यी प्रयासलाई बजेट सक्ने मेसो मात्रै भएको बताउनुहुन्छ, बाँदरबारे अध्ययन गर्नुभएका प्राणी विज्ञ डाक्टर मुकेश चालिसे । ‘बाँदरमात्रै होइन ठाउँअनुसार हरेक वन्यजन्तुको आ–आफ्नो आनीबानी र स्वभाव हुन्छ,

पहिले कुन ठाउँका बाँदरले कस्ता खेती खान्छ या नष्ट गर्छ भन्ने अध्ययन हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘विदेश`तिरका बाँदर आवाज सुनेर भागे भन्दैमा यहाँ त्यही नक्कल गर्दा पैसा मात्रै खर्च हुन्छ, उपलब्धि हुँदैन ।’

चालिसेका अनुसार नेपालमा ठाउँपिच्छे बाँदरको आनी`बानी र स्वभाव फरक छ । एउटा हुलमा १०/१२ वटा बाँदर मात्रै दुःख दिने खालको हुने भएकाले त्यस्ता बाँदर`लाई नियन्त्रण गरेर चिडियाखानामा राख्ने वा विभिन्न औष`धिको परीक्षणमा प्रयोग गर्ने वा उपद्रो गर्ने बाँदरको बन्ध्या`करण गरेर पनि नियन्त्रण गर्न सकिन्छ ।

‘बाँदर बिहान झिस`मिसेमै उठ्छ र साँझ अबेरसम्म हिँड्छ, गर्मीयाममा दिउँसो सुत्छ’, चालिसे भन्नुहुन्छ, ‘किसा`नले साँझ–बिहान बालीनाली लगाइएको ठाउँमा पहरा दिएर पनि बाँदरले गर्ने हानी कम गर्न सक्छन् ।’ त्यस्तै लेकाली काउलो नामको वन`स्पति राति बाँदर बास बसेको ठाउँमा लगेर धुँवा`उन सकेमा पनि बाँदरले ठाउँ छाडेर जान सक्ने उहाँको भनाइ छ ।

देशैभरका बाँदरको आनीबानीको अध्ययन गरी त्यही अनुसारको नीति बनाइ कार्यान्वयन गर्न पनि प्राणी विज्ञ चालिसेको सुझाव छ । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्