एकै घरका दिदिबहिनीलाई राति भेट्न बोलाएर ९ जना युवकले घर नजिकैको खोलामा गरे सामूहिक ब`लात्का|र

राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक ब`लात्का`र गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक ब`लात्का`र भएको जिल्ला प्रह`री कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रह`री निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक ब`ला`त्कार गरेको पुष्टि भएको छ,’ उनले भने । ब`लात्कृ`त हुने बालिका १५, १६ र १७ वर्षका हुन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्र`हरीका अनुसार ब`लात्का`र गर्ने एक जना र ब`ला`त्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान थियो । चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए ।

आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् । त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामू`हिक ब`लात्का`र गरेको प्रहरीको भनाइ छ । प्रहरीले ९ जनामध्ये ३ जनाले पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् ।

प्रतिकृया दिनुहोस्