काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्याण्ड भएको छ। दुई घण्टादेखि काठमाडौंको आकाश`मा होल्ड भएको जहाज सकुशल ल्याण्ड भएको विमान`स्थल कार्यालयले जनाएकाे छ।
जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान`स्थलमा हाइअलर्ट गरिएको थियो। विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थ|लमा राखिएको थियो।
ल्याण्डिङ गियर नखुलेका कारण वि`मानले आकाशमा लामो समय फन्को मा’रिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिए`पछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधि`कारीहरु बताउँछन् ।
‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनु`सार प्राइमेरी इन्डिकेट`रमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।
‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेन`ले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्यो’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘काठमाडौं आका`शमा आइसकेपछि क्याप्टेन`ले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो ।
जस अनुसार अन्त`र्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधि`करणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमान`स्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।’
काठमाडौं`बाट विराटनगर उडेको जहाज कल साइन नाइन एन-एएनआई, उडान संख्या यु ४ ७०१ मा वयष्क ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जानकारी दिएको छ।
उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए। जहाजमा ७२ यात्रु सवार थिए। विमान`स्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमान`स्थल कार्याल`यले जनाएको छ। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जान`कारी दिएको छ। यहाँ तल थिचेर भि`डियो हेर्नु`होस