काबुल विमानस्थल विस्फो`टमा ११ अमेरिकी सेनाको मृ`त्यु, बाइडेनले दिए कुनै हालतमा नछाड्ने चेताव`नी

अफगानिस्तानको राजधानी काबुल`स्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फो`टको घट`नामा मारि`नेको संख्या ६० पुगेको छ । घ`टनामा १४० भन्दा बढी घाइ`ते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन्

पेन्टागनले मारिनेमा अमेरिकी सैनिक`हरु पनि रहेको पुष्टि गरेको छ । विस्फो`टमा ११ अमेरिकी मरिन र एक नेभीका स्वा`स्थ्य`कर्मी रहेका छन् । सन् २०११ यता अफ`गानिस्तानमा अमेरिकी से`नामाथि भएको सबैभन्दा ठूलो हम`ला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टर`लाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृ त्यु भएको थियो ।

पश्चिमा सरकारले विमान`स्थलमा इस्लामिक स्टेटको अफगा`निस्तान ब्रान्च आईएस–केले ह`मला गर्न सक्ने चेता`वनी आफ्ना नागरिक जारी गरेको केही घण्टापछि नै विमानस्थलमा वि`स्फोट भएको थियो ।

स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलसँगै रहेको बारोन होटलको नजिकै पहिलो वि`स्फोट भएको थियो । उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानी`हरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका थिए ।

त्यसलगत्तै गो`लीबारी शुरु भएको थियो भने वि`मानस्थलको मुख्य द्वारमध्ये एक एबे गेट नजिकै दोस्रो वि`स्फोट भएको थियो । यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घ`टनाका दोषीमाथि बदला लिने चेता`वनी दिएका छन् ।

‘हामी माफी दिने छैनौ । हामी बिर्सने छैनौँ । हामी तिमीहरु`लाई खोजेर यसको मूल्य चुका`उन लगाउने छौँ,’ उनले भने । उनले यस्ता आ`तंकवादी हमलाबाट अमेरिका वि`चलित नहुने र उद्धा`रको कामलाई जारी राख्ने पनि स्पष्ट पारे । – सेतोपाटी

प्रतिकृया दिनुहोस्