चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छि धुर्बे’ पिता बने, बधाई दिनेको ओइरो

कलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छि धर्बेकी श्रीमति करुणा खड्काले छोरा जन्माएकी छिन् ।

चर्चित टेलि चलचित्र जुठे तथा हल्का रमाइलोका लेखक, निर्माता एवम् निर्देशक श्रेष्ठलाई पुत्रलाभ भएको हो । उनीहरुलाई पुत्रलाभ हुनेवित्तिकै बधाई दिनेको ओइरो लागेको छ ।

हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बल्छी धुर्बेको नामले परिचित मरिचमान श्रेष्ठ अहिले उक्त सिरियलबाट अलग भइसकेका छन् । विभिन्न असन्तुष्टीका कारण केही महिना अगाडि मेरी बास्सै छोडेका उनी आजभोली गर्दैछन् त ?

मरिचमानलाई आज`काल फुट`सलमा भेट्न सकिन्छ । उनले केही समय अघि बनस्थलीमा एउटा फुटसल खोलेका छन् । जेठ १६ गतेबाट य`सको औपचारिक उद्घा`टन गरिएको छ ।मरिचमान काठमाडौंमा बस्ने नागरिकहरुको स्वास्थ्य`लाई मध्यनजर गर्दै फुट`सल सुरु गरेको बताउँछन् ।

उनले भने, ‘काठमाडौंमा बस्ने हामी हिँडडुल गर्दैनौँ । त्यो माथि यहाँको धुलो-धुँवाले हामी सबै रोगी भइरहेका छौँ । त्यसैले स्वस्थ हुनका लागि पनि फुटसल खेल्नुप`र्छ भनेर हामीले यसको सुरु`वात गरेका हौँ ।’ उनी आफ्नो फुटसलबाट व्यापारको मात्र उद्देश्य नराखेको बताए ।

सानो उमेरदेखि नै मरिचमानलाई फुटसलमा रुचि थियो । हरेक बिदाको दिन उनी टिमसहित फुटसल मैदानमा पुग्थे । त्यही उमे`रदेखि नै उनलाई फुटसलप्रति मोह बढ्यो ।

‘कहिलेकाहीँ त शनिबार खेल्नको लागि फोन गर्दा कतै पनि फुटसलको समय पाइन्न थियो’, मरिच`मानले भने, ‘समय नपाउँदा र फुटसलमा युवाको आकर्षण देख्दा त्यहीँ सुमयमा फुटसल खोल्ने सोच बनाएको थिए ।’

प्रतिकृया दिनुहोस्