यति धेरै सहयोग रकम सहित इन्द्रेणी टिम राष्ट्रिय आविष्कार केन्द्रमा पुग्यो

राष्ट्रिय आ’विष्कार केन्द्रका लागि इन्द्रेणीमा प्राप्त सहयोग रकम  रु ९ लाख ३० हजार १५० रुपैयाँ सहयोग हस्तान्त’रण गरेको छ । इन्द्रेणीका संचालक कृष्ण कंडेलले  राष्ट्रिय आविष्कार केन्द्रकी सदस्य प्रतिभा पराजुलीलाई आइतबार  उक्त रकम हस्तान्त’रण गरेका हुन् ।

यस भन्दा अगा’डि पटक पटक राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई रु १० लाख ९७ हजार ८९४  रुपैयाँ सहयोग हस्तान्त’रण गरिसकेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थि’तिमा सीमित

स्रोत साध’नका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उप’करण (पीपीई) उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई देश तथा विदेशमा रहेका बिभिन्न सहयोगी मनहरु मा’र्फत इन्द्रेणीमा प्राप्त रकम भएको सहयोग हस्तान्तरण गरेको हो ।

आविष्का’रको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा.महाविर पुनले राष्ट्रिय आविष्का’र केन्द्रको नेत्तृव गर्दै आइरहेका छन् । पराजु’लीले इन्द्रेणी तथा विभिन्न ठाँउमा रहेर सहयोग गर्नु हुने सम्पुर्ण दाताहरु प्रति आ’भार ब्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्