आमा बनिन् रक्षा, आफ्नु जन्मदिन पारेर सार्वजनिक गरिन् छोरी

कला’कार रक्षा श्रेष्ठ पनि आमा बनेकी छन् । दुई महिना अगाडि एक छोरीको जन्म दिएकी रक्षाले आफु आमा बनेको बुधबार मात्र सा’र्वजनिक गरेकी छन् ।

उनले बुधबार परेको आफ्नो दि’नको अवसर पारेर छोरीको तस्बिर सार्वज’निक गर्दै आमा बनेको समेत जानकारी दिएकी हुन् । गत बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आमा बने’को खबर भने गोप्य राख्दै आएकी थिइन् ।

आज आफ्नो पनि जन्म’दिन परेको र छोरी पनि दुई महिना पुगेकाले छोरीको तस्बिर सामाजिक संजाल मार्फत सार्वज’निक गरेको रक्षाले बताइन् । ‘मलाई पर्सन जीवन गोप्य राख्नै मनपर्छ । त्यसैले आमा बनेको खबर बाहिर ल्याएको थिइन’ रक्षाले भनिन् ‘केही मिडियाले मेरो बिषयमा छोरा जन्मा’एको लगायत केही भ्रामक समाचार हिजो बनाएको पाएकोले छोरीको नाम सहित तस्बिर सार्वज:निक गरेकी हुँ ।’

रक्षाको छोरीको नाम माहि’रा गुरुङ रहेको छ । उनले छोरीका साथ केही तस्बिर सार्वजनिक गर्दै सामाजिक संजा’लमा लेखेकी छन् ‘मेरो छोरी दुई महिना पुगेकी छन् ।’

रक्षा आज परेको आफ्नो जन्मदिन भने घरपरि’वारसँगै सेलिब्रेसन गर्दै छिन् । अहिले सा’थीभाई भेला भएर जन्मदिन मनाउने माहोल नभएकोले जन्मदिन घरपरिवारसँगै घरमै मना’उन लागेको रक्षाले सुनाइन् ।

चर्चित हाँस्य सि’रियल ‘भद्रगोल’मा अभिनय गरेपछि चर्चामा छाएकी श्रेष्ठ पछिल्लो समय सिरियल ‘सक्किगो नि’मा पनि देखिँदै आएकी थिइन् । गर्भवती भएपछि भने उनले कलाका’रिताबाट ब्रेक लिएकी छन् ।

करिव १ सय बढी म्यूजिक भिडियो, केही सिरियलमा अभिनय गरेकी श्रेष्ठले ६० बढी विज्ञापन चल’चित्रमा पनि काम गरेकी छन् । सिरियलमा कुमार कट्टे ‘जिग्री’सँग उनको जोडी दर्शकले निकै मन पराए:का छन् । उनले विवाह समेत सुटु’क्क गरेकी थिइन् । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्