मुलुकभर २४२१ जना नयाँ सं’क्रमित थपिए, ३५५८ द्वारा स्वास्थ्यलाभ

मुलु’कभर पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४१४ जनाको आरटी–पीसी’आर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४२१ जनामा कोरोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनु’सार ७ हजार ४६१ आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय ११ जना र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय १० जनामा कोरोना सं’क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टा’मा ३ हजार ५५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । साथै, पछिल्लो २४ घण्टामा ८१ जना संक्र’मितको मृ’त्यु भएको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य मन्त्रा’लयले जनाको छ ।

यो पनि, रसुवागढी नाकामा सामान ढुवानी’का लागि अनुमति नपाएका सवारीसाधनको कार’वाहीबाट दुई महिनामा रू नौ लाख ३९ हजार पाँच सय राजस्व स’ङ्कलन भएको छ ।

गत वैशाख र जेठ महिनामा सामान ढुवानी’का लागि अनुमति नपाएका कन्टेनर, ट्रक, टिपर, जीप तथा कार गरी ८६८ सवारी साधनको कारवा’हीबाट सो रकम सङ्क’लन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवा जना’एको छ ।

कोभिड—१९ रोकथाम तथा निय’न्त्रणका लागि सरकारले जारी गरेको निषेधा’ज्ञाका समयमा अनुमति नपाएका सवारीसा’धनको कारवाहीस्वरुप उठाएको राजश्व रसुवाकै इतिहा’समै ठूलो भएको प्रहरीको दावी छ । स्वास्थ्य सरक्षा मापदण्ड पालना पूरा गरेका र सडक अनुमति प्राप्त गरेका सवारी साधनले मात्र चीनबाट आयात भएका माल सामग्री रसुवागढी ना’कामा लिन जान पाउने व्यवस्था मिलाइएपनि प्रक्रिया पूरा नगरि मनोमानी ढङ्गले आपूmखुसी स’वारी साधन सञ्चालन गरेकाले त्यस्तालाई मात्र कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख इन्द्रवहादुर घिसिङले बताउनु’भयो ।

माल सामग्री ढुवानी’का लागि रसुवागढी जाने सवारी साधनले यातायात व्यवस्था विभागको अनुमतिपत्र साथमा अनि’वार्य ल्याउन समेत सम्बन्धित सवारी धनीलाई प्रहरीले आग्रह गरेको छ । मालवाहक सवारी साधनमा चालक र सह’चालक मात्र बस्न पाउने प्रावधान विपरित अन्य व्यक्ति समेत राख्ने गरेको पाइएकाले त्यस्ता सवारी साधनलाई समेत कारवाहीको दायरामा ल्याइए’को बताइन्छ ।

भारीवर्षाका कारण रसुवा’गढीदेखि स्याउबारीसम्म अधिकांस समय अवरुद्ध भइरहने सडक मार्ग नेपाल प्रहरी, सशस्त्र प्रहरीबल एवं नेपाली सेनाल’गायत सुरक्षा निकायको जनशक्तिले सुचारू गराएर मालवाहक सवारीसाधन आवत’जावतमा सहज पार्दै आएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानका’री दिनु भयो ।

यही असार १ गतेदेखि एक साताको अव’धिमा भन्सार जाँचपास भएका ८० कन्टेनरलाई अवरूद्व सडक सञ्चालन गराई गन्तव्यतर्फ पठाइएको थियो । सो अवधिमा स्या’उवारी देखि रसुवागढीसम्म वर्षातले अवरूद्ध पारेको सडक २१ पटक खुल्ला गरि सकिएको जानकारी दिदै प्रहरी प्रमुख पाण्डेले डिभिजन सडक कार्यालयले हाल त्यस क्षेत्रमा तीन वटा डोजर तैनात गरेका कारण पहिरो पन्छा’उनमा सहजता आएको बता’उनुभयो । न्युज24 बाट

प्रतिकृया दिनुहोस्