आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

वैदिक सनातन ध’र्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्र’त्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ। आज निर्जला एका’दशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एका’दशीका दिन रोपिन्छ।

आषाढ शुक्ल एकादशीदेखि का’र्तिक शुक्ल एकादशीका दिनसम्म तुल’सीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिना’लाई चतुर्मास भनिन्छ।

स्नान, पूजन र दान गर्नाले मनो’काङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। आज पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग नि’र्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए। आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सि’जन पाइने आधुनिक विज्ञानले समेत प्रमा’णित गरेको छ।

नयाँ रुप परिवर्त’नसहितको कोरोना महामारी चलेका बेला घरघरमा तुलसीको दल राख्दा र रोपण गर्दा रोग प्र’तिरोधी क्षमता बढाउन सहयोग पुग्ने आयुर्वेद चि’कित्सक डा। शेषराज आचार्य बताउँछन्। तुलसीलाई चि’याका रुपमा पनि प्रयोग गरिन्छ। रातोपाटीबाट

प्रतिकृया दिनुहोस्