१०२ वर्षिय – सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

वाङमय शता’ब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किएका छन् । उहाँलाई श्वासप्र’श्वास, छाति, मुटुका चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरु’आत गरिएको थियो ।

उहाँको स्वा’स्थ्यमा पूर्ण सुधार भएपछि आज दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जा’नकारी दिनुभयो । उहाँले बताउनुभयो, “शताब्दी पुरुषका छातीमा समस्या देखिएपछि हामीले अस्प’तालमा भर्ना गरेका थियौँ । उहाँमा कोरोना सङ्क्रमणको पनि परीक्षण भयो । सङ्क्रमण देखिएन । रक्तचाप नियन्त्र’णमा आएको छ । क्षयरोगको परीक्षण गर्दा रिपोर्ट ने’गेटिभ आएको छ।”

लामो उमेरका कारण निमो’नियाले असर गर्ला भनी नौ दिन अस्पतालमा राखेर दशौँ दिनमा घर पठाएको निर्देश बज्राचार्यले जा’नकारी दिनुभयो । उहाँले एक हप्तापछि फलो’अपका लागि शताब्दी पुरुषलाई चिकित्सकले स्वास्थ्य जाँच गर्नेछन् ।

अस्पता’लले केही समय पहिले शताब्दी पुरुष जोशी र उनकी धर्मपत्नी राधादेवीको आजीवन निःशुल्क उपचार गर्ने प्रतिव’द्धता जनाएको थियो । नेपाली भाषा, कला, संस्कृ’तिको संरक्षणमा विशेष योगदान दिँदै आउनुभएका शताब्दी पुरुष जोशी गत वैशाख ३० गतदेखि १०१ वर्ष पुरा गरी १०२ वर्षमा प्रवेश गर्नु’भयो । न्युज24 बाट

प्रतिकृया दिनुहोस्