‘निशा घिमिरे संरक्षण कोष’ को खाता नं स’ञ्चालन

काठमाडौँ,कला’कार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि क’लाकारिता अध्ययन गर्न भारतको देहरादुन जानुभएका उहाँ सडक दुर्घटनामा परी गम्भीर घाइते हु’नुभएको थियो ।

परिवारको आर्थिक अव’स्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उहाँ’को स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ । तेइस वर्षीया निशाको अवस्थाबारे जा’नकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दु’र्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्व’जनिक गर्नु भएको थियो ।

तस्बीरमा निशाको अवस्था दर्द’नाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आ’वाज उठ्यो । दाहालले राखेको तस्बीरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशालाई अस्पतालले ल्याई तत्काल निःशुल्क उपचार शुरु’आत गर्नुभयो ।

अहिले उहाँको स्वास्थ्य’मा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ । महाँकाल -४ , ललितपुरका निशालाई अस्पतालको उपचार पछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचा’रको जरुरत पर्ने भएकाले आर्थिक सह’योग सङ्कलन थालिएको छ ।

कलाकारसँग सम्बन्धित विभिन्न सङ्घसं’स्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सह’योग गरेको छ । उहाँलाई अहिले देश तथा विदेशसमेतबाट सहयोग जुटिरहेको छ । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घ’का उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ ।

‘निशा घिमिरे सं’रक्षण कोष’को खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिनुभयो । सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको बताइ’एको छ ।

प्रतिकृया दिनुहोस्