फेसबुकमा नयाँ विषेशता थप्ने तयारी, कस्ता कस्ता छन् त? हे’र्नुहोस्

विश्वभरी लोक’प्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । फेसबुकमा अडियो सा’मग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको अधिकारीहरुले जान’कारी दिएका छन् ।

फेस’बुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरुका अनु’सार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालि’एको हो ।

पोड’कास्ट सेवा जोडिएपछि फेस’बुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ । अडियो सेवाका बारेमा इमेल मार्फत जान’कारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिका’रीहरुले बताएका छन् ।

फेसबुकको न्युज’फिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ । कुनै फेस’बुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबु’कको पेजमा फलो गर्नेहरुलाई नोटि’फिकेसन पनि जाने भएको छ । न्युज24 बाट

प्रतिकृया दिनुहोस्