हेलम्बुका स्थानीयबासी भन्छन्: ‘माथि बसेर आफ्नो घर ब’गाउने पालो कुरेर बसिरहेका छौँ’

मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहि’रोले खोला थुनिएर एक्का’सि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबी’चको खोँच भएर बग्ने र खोला थुनिएर फुटे’कोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर ता’माङले बताए ।

“माथिल्लो क्षेत्रमा पनि जोखिम कायमै देखि’न्छ, रितेकतेकमाथि पनि स–साना पहिरो गएको जस्तो दे’खिन्छ तर मौसम नखु’लेकोले प्रस्ट देख्न सकिएन,” मन्त्री तामाङले भने ।

बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चार’वटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फा’र्म बगेका छन् ।

मङ्ग’लबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले क’टान गरेको छ । नदीले कतिपय स्थानमा दायाँबायाँ पाँच सय मिटरमाथिसम्म कटान गरेको हेलम्बु–३ का सोम ज्यो’तिले बताए ।

“सडक बगा’एको छ, बजारमा खोला बगिरहेको छ । तिम्बुदेखि चनौ’टेसम्मका दुई सयभन्दा बढी घर बगेका छन्,” उनले भने ।
हेलम्बु क्षेत्रका तीन सयभन्दा बढी स्थानी’यवासी सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गएका छन् । “तीन दिनदेखि कुखुराको खोर, पाहुना घर, बस्तुगोठ जे खाली छ, त्यहीँ बसि’रहेका छौँ,” हेलम्बु–३ का गणेशकिरण ज्योतिले बताए । “माथि बसेर आफ्नो घर बगाएको हेर्ने पालो कुरेर बसिर’हेका छौँ,” उनले भने । यो स’माचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्