वर्षातको का’रण देशको विभिन्न भागमा बाढी र पहिरोले नागरिकको ज्यान लिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन्। बिही’बार पूर्वराजा शाहले एक सन्दे’श जारी गर्दै दु:ख व्यक्त गरेका हुन्।
‘देश कोभिड १९ को महा’मारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विप’त्ति हामी कहाँ आइपरेको छ।’शाहले भनेका छन्, ‘हिमाल, पहाड र तराईका धेरै जिल्ला’हरुमा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी वस्तीका बासिन्दा’हरुको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दु’खित तुल्याएको छ।’
महामारी र प्राकृ’तिक विपत्तिको न्यूनिकरण गर्नेतर्फ जिम्मेवार बन्नु पर्ने उनको भनाई छ। विपत्तिको पूर्व साव’धानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उ’द्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भीर ध्यान दिन आग्र’ह गरेका छन्।
‘मनसुन प्रा’रम्भ मात्र भएको यो समयमा नै यति धेरै क्षति हुन पुग्यो भने तीब्र बर्षात आउने समयमा अझ के के हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विप’त्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने हुन्छ। प्राकृतिक विप’त्ति सबैको चिन्ताको विषय भएकोले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहत’कारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भिर ध्यान जानु पर्ने देखिन्छ।’शा’हले भनेका छन्, ‘अवस्था विकराल नहोस, अपार क्षति नहोस् र जनक’ल्याणकारी प्रबन्ध प्रभाव’कारी रुपमा होस भन्ने हाम्रो आग्रह छ।’अननपूर्णपोस्ट् बाट