कोरोना भाइरसबाट नेपालमा ६ जनाको मृ’त्यु ! यी जिल्लाका हुन् मृतक…

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइ’रसको संक्रमण’का कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्या’न गुमा’उनेको संख्या ३०६ पुगेको छ । यो संख्या कुल संक्रमितको ०.६३ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रा’लयका अनुसार ए’कजना महिला र ५ जना पुरुष गरी ६ जना कोरोना संक्रमितको मृ त्यु भएको हो ।

मृत्यु हुनेमा काठ’माडौंकी ८० वर्षीया एक महिला छिन् । यसैगरी सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठ’माडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुष रहेका छन् ।

मन्त्रालयका सोम’बार (हिजो) ४ जना म’हिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृ त्यु भएको थियो । जसमा काठमाडौंकी ३७, ८३ र ९० वर्षीया तीनजना म’हिला र कास्की’की ६३ वर्षीय महिला थिए ।

त्यसैगरी मोर’ङका ७६ वर्षका एक पुरुष, सिरहाका ६२ र ८७ वर्षका दुईजना पुरुष, सर्लाहीका ३५ वर्षका एक पुरुष, दोलखाका ६९ वर्षका एक पुरुष, मकवा’नपुरका ३९ वर्ष’का एक पुरुष र बाँकेका ५९ वर्षका एक पुरुषको कोरोनाले मृ त्यु भएको थियो । – खबर हब

प्रतिकृया दिनुहोस्