आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो : के-के खुल्छ, के खुल्दैन ?

कोभिड–१९ सङ्क्र’मण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधा’ज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेस’म्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअ’सहित जेठ ३० मा बसेको संयुक्त बैठकले निषे’धको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि सात गतेसम्म थप्ने निर्णय गरेको थियो ।

थपिएको निषेधा’ज्ञामा भने अत्यावश्यक खाद्य सामग्री खरिद÷विक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकि’एको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । उक्त सामानको ढुवानी भने राति ९ बजेदेखि विहान ११ बजे’सम्म मात्र गर्न पाइने छ ।

पुस्त’क पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत, सेनीटरी, हार्डवेयर पसल ) दिउँसो चार बजे’पछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमा’णको ढुवानी राति मात्र गर्न पाइनेछ ।

अत्यावश्य’क वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी गर्न पाइने छ । त्यसका लागि साँझ ७ बजेसम्म मात्र खुला गरिएको छ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेस’म्म चल्न दिने भनिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्य’क मल, बीऊ, कृषि औजारका साम’ग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा छ ।

अत्यावश्यक उद्योग सञ्चा’लन तथा निर्माण कार्यका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रूपमा काम’दार राखेर सञ्चालन गर्न भनिएको छ । निर्माण साम’ग्रीको ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ । अनलाइनबाट पठन’पाठन गर्न सकिनेछ ।

बैँक तथा वि’त्तीय संस्थाले सिमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्नेछन् । बीमा समि’ति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलो’पालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइने आदेशमा उल्ले’ख छ ।

विवाहमा सात जना सहभा’गी हुन सक्ने र एउटा गाडी मात्रै प्रयोग गर्न सक्ने छन् । तर पार्टी प्यालेसमा विवाह ब्र’तबन्ध रोक लगाइएको छ । अन्य भिडभाडका गतिवि’धिमा भने पूर्ण रोक लगाइएको र बाँकी विगतको आदेशमा उल्ले’ख भए अनुसार हुनेछ । न्युज24 बाट

प्रतिकृया दिनुहोस्