निशा घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन, जुट्न थाल्यो सहयोग

कलाकार निशा घिमिरेको उप’चारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि क’लाकारिता अध्ययन गर्न भारतको देरादुन गएकी निशा सडक दु’र्घटनामा परि गम्भीर घा’इते भएकी थिइन् ।

परिवारको आ’र्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइर’हेको जनाइएको छ । निशाको अवस्था’बारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समा’जिक सञ्जालमा घिमिरेको तस्बीर सार्व’जनिक गरेका थिए । तस्बीरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आ’वाज उठ्यो । दाहालले राखेको तस्बीरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो । चौधरीले निशालाई अस्प’तालले ल्याइ तत्काल निःशुल्क उप’चार सुरुआत गरे ।

अहिले उनको स्वास्थ्यमा क्रमि’क सुधार आइरहेको अस्पतालले जनाएको छ । निशा’लाई अस्पतालको उपचारपछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग सङ्क’लन थालिएको हाे । कलाकारसँग सम्बन्धित विभिन्न सङ्घ-संस्थाले अहिले सहयोग गरिरहे’का छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ ।

निशालाई अहिले देश तथा विदेस’मेतबाट सहयोग जुटिरहेको छ । उप’चारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र नि’शाका बुवा प्रेमप्रसाद घिमिरेको नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं. ०२१०४०१८८३००९०१८ रहेको दाहालले जान’कारी दिए । सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको उ’नले बताए । न्युज24 बाट

प्रतिकृया दिनुहोस्