असार १ गते देखि पसलहरु खुल्ने, निषे’धाज्ञा यथावत

४५ दिन लामो ल’कडाउन पछि आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डीसीएमसी) को बैठ’कले असार १ गते (मंगलवार) देखि कैलालीमा लक’डाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ ।

कै’लालीका प्रमुख जिल्ला अधिकारी तथा डीसीएमसीका संयोजक खगेन्द्र प्रसाद रिजालको अध्य’क्षतामा बसेको बैठकले असार १ गतेदेखि कैलाली जिल्लामा बिहान ११ बजेसम्म सम्पूर्ण पस’लहरु खोल्न दिने निर्णय गरेको छ । ११ बजेपछि पसल खोलेमा भने कारबाही गरिनेछ । यद्दपि सो अबधिमा जनस्वास्थ्यका सम्पूर्ण मा’पदण्ड पालना गर्न भने पसल सञ्चालक र ग्राहकलाई अनि’वार्य गरिएको छ ।

प्रजिअ रिजालले डीसी’एसमसीको निर्णय उल्लंघन गर्दै तोकिएको समयपछि पसल खोलेको पाईएमा १ महिना जरि’वाना वा ५ लाख रुपैया जरिवाना वा दुबै स’जाय गरिने बताए ।

प्रजिअ रिजालका अनुसा’र पसल खुलेपनि निषेधाज्ञा भने यथावत हुनेछ । जिल्लामा सवारी साधन च’लाउनमा ७ गतेसम्म नै रोक लगाईएको छ । खाद्यान्न, दुग्धजन्य पदार्थ ढुवानी गर्ने साधन, एम्बुलेन्स, प्रेसका साधनहरु भने चल्न दिने नि’र्णय गरिएको छ ।

बैठकमा याता’यात व्यवस्था कार्यालय, मालपोत कार्यालय र कर कार्यालय खोल्ने सम्बन्धमा छलफल भएपनि सह’भागीहरुले तत्काल ती कार्यालयहरु सञ्चा’लन गर्नु जोखिम पूर्ण भएको बताएपछि ती कार्यालयहरु खोल्ने निर्णय हुन सकेन । यद्दपि एक हप्ताको समीक्षा’पछि भने ती कार्या’लयहरु खोल्न दिने वा नदिने टुंगो लाग्ने बताईएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्