समुन्द्रमा झिँ’गे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले नि’लेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई ब’ताएका छन्।
संयुक्त राज्य अमे’रिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर नजिकै समुन्द्रमा गोता लगाइ’रहेका बेला विशाल जीव ह्वेलको मुखभित्र करिब ३०- ४० सेकेन्ड परेको प्याकर्डले बताए। त्यस’पछि ह्वेलले उनलाई थुकिदि’एको बताइएको छ।
प्याक’र्डको घुँडामा केही चोट लागेको हुनसक्ने बाहेक अरू केही नभएको बताइएको छ। उनकी श्रीमतीले उनलाई अर्को जा’गिर खोज्न आग्रह गरिरहेकी छन् तर उनी ४० वर्षदे’खिको आफ्नो करिअर छोड्ने सोचमा छैनन्।
हम्प’ब्याक ह्वेल ५० फिटसम्म लामो हुन सक्ने र त्यसको तौल ३६ टनसम्म हुन सक्छ। विश्व वन्य’जन्तु कोष डब्ल्यूडब्ल्यूएफका अनुसार संसारभर उक्त ह्वे’लको सङ्ख्या ६० हजार रहेको छ।
प्याकर्डले स्था’नीय अखबार केप कड टाइम्सलाई भने अनुसार उनी र उनका सहकर्मीहरू डुङ्गामा शुक्रवार बिहान समु’न्द्रतिर गएका थिए।उनका अनुसार मौसम सफा थियो र २० फिट परसम्मका दृश्य स’जिलै देखिन्थो।
समुन्द्रको पा’नीमुनि जान लगाइने स्कूबा लुगा लगाएर पानीमा हाम फाल्दा उनले ठूलो बस्तु आफ्ना अगा’डि देखे त्यसपछि सबैकुरा कालो भयो।आफू’लाई त्यो क्षेत्रमा पाइने ठूलो सेता शार्कले आक्रमण गरेको अनुमान गरे, “त्यसपछि मैले वरि’परि शार्कको जस्तो दाँत नभएको महसुस गरेँ।”
कसरी बाहिर नि’स्के?
“हे भगवान् म त ह्वेल’को मुखभित्र छु र उसले मलाई निल्ने कोसिस गरिरहेको छ भन्ने थाहा पाएँ। यत्ति नै भयो, म मर्ने भएँ।” त्यसपछि आफूले आ’फ्नी श्रीमती र १२ र १५ वर्षका आफ्ना छोरा सम्झेको बताए। त्यसपछि अचानक उनी पानीमाथि पुगे र टाउको हल्ला’उन थाले।
“मलाई हावामा फा’लियो, त्यसपछि पानीमा खसेँ। म मुक्त भएको थिएँ र पानीमा तैरिर’हेको थिएँ। मैले विश्वास नै गर्न सकिन… सब कथा सुनाउन म यहाँ छु।”
उनका सहक’र्मीहरू उनलाई अधैर्य भएर खोजिरहेका थिए। उनीहरूले प्याकर्डलाई देखे र डुङ्गामा ल्याए।प्रोभिन्स’टाउन फायर डिपार्टमेन्टले सीबीएस न्यूज एजेन्सी’लाई स्थानीय समय बिहान सवा आठ बजे झिँगे माछा समात्ने मानिसलाई सहयोग आव’श्यक परेको खबर पाएको पुष्टि गरेको छ।
उनी अस्पता’लबाट डिस्चार्ज भएपछि पत्रकारहरूले उनको अन्तर्वार्ता लिएका थिए। हम्पब्याक ह्वे’लले मुख बाएर जति सक्छ उति धेरै खानेकुराहरू निल्छ।
वैज्ञानिक’हरूले प्याकर्डलाई जे भयो त्यो एक प्रकारको दुर्घटना भएको ठान्छन्। एकजना विज्ञले केप कड टाइम्स’लाई ह्वेलले मानिस निलेको अहिलेसम्म नसु’नेको बताए। डीसी नेपालबाट