के तपाईले कोरोना वि’रुद्धको खोप लगाउनु भयो? खोपले शरीरमा चुम्बकीय शक्ति विकास गर्ने दावी

कोरोना खोपको साइड इफे’क्टका विषयमा निकै चर्चा हुने गरेको छ। कसलाई खोप लगाएपछि ज्वा’रो आउने, कसैलाई शरीर दुःखने, कसैलाई बान्ता हुनेजस्ता स’मस्या देखिने गरेको छ। यस्ता सम’स्या आएमा चिकित्सकसँग परामर्श लिन पनि भनिएको छ। भारतको नासि’कमा एउटा अचम्मको घ’टना भएको छ।

त्यहाँका अरविन्द सोनार नाम गरेका एक व्यक्तिले आफूले कोरोनावि’रुद्धको खोपको दुवै डोज लिएपछि शरीरमा चुम्बकीय शक्ति विकास भएको दा’बी गरेका छन्। उनले प्रमाण पेस गर्नका लागि शरीरमा स्टिलका सिक्का, चम्चा, प्लेट’लगायत वस्तु टाँसिएको अवस्थामा एउटा भिडियो सामाजिक स’ञ्जालमा पोस्ट गरेका छन्। जुन निकै भाइ’रल बनेको छ।

सोनारका अनुसार एक दिन छोराले कोरोनावि’रुद्धको खोप लगाएका मानिसको शरीरमा चुम्ब’कीय शक्ति विकास हुने गरेको बताएका थिए। ‘त्यसपछि मैले यस्तो पनि हुन्छ भनेर परी’क्षण गर्ने विचार गरेँ तर आफ्नो शरीरमा चम्चा, प्लेटलगायत टाँसे’, उनले भने, ‘मेरो शरीरमा ती वस्तु सजिलै टाँसिए, यो वास्तवि’कता हो।’सोनारले करिब ५ दिनअघि एउटा निजी अस्पतालमा खोपको दोस्रो डोज लि’एका थिए।

आफूहरुलाई अन्य कुनै स’मस्या नरहेको उनको भनाइ छ। त्यसो त सोनारको १० वर्षअघि बाइपास स’र्जरी भएको थियो। दुई वर्षदेखि उनी नियमित रुपमा डायबटिजको औषधि लिइरहेका छन्। जब आफ्नो शरीरमा स्टिल र फ’रामका वस्तुहरु सजिलै टाँसिन थाल्यो तब सोनारले चिकित्सकसँग पराम’र्श पनि गरे।

यस विषयमा डा हामिद दाभोलकर मानव शरीरमा स्टिल र फलामका वस्तु भौतिकी’को नियमविपरीत हुन्छ, यो सम्भव नै छैन। ‘यदि मानिसको छालामा चिल्लो’पन र भ्याक्युम क्याबिटी विकास भएको छ भने यसरी स्टिल र फरामका वस्तु टाँसिने सम्भा’वना हुन्छ’, उनले भने, ‘तर कोरोना विरुद्ध खोपमात्रै होइन अन्य खोप लगाएको अवस्थामा यो सम्भव छैन।’ दा’भोलकर अहिलेको अवस्थामा कोरोनाबाट बच्ने एउ’टामात्रै भरपर्दो अस्त्र भनेकै खोप हो। त्यसैले यस किसिमको हल्लाबाट बच्न आवश्यक रहेको उनको सु’झाव छ।

जेजे मेडि’कल कलेजका डिन डा तात्यारावे लहानेले पनि सोनारको दाबीमा कुनै सत्यता नभ’एको बताउँछन्। ‘विश्वभर १ अर्बभन्दा बढी मानिसले कोरोनाविरुद्धको खोप लगाइ’सकेका छन्’, उनले भने, ‘कोरोविरुद्ध खोप र शरीरमा स्टिल र फरामका वस्तु टाँसिनुबीच कुनै सम्बन्ध छैन। त्यसैले यो विषयलाई कोरोनावि’रुद्धको खोपसँग जोडेर हेर्नु मूर्खता’बाहेक अरु केही पनि होइन।’ –बीबीसीबाट

प्रतिकृया दिनुहोस्