ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ? हे’र्नुहोस्

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्र’तितोला तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्य’वसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको हो । बुधबार बजारमा सुन प्रति’तोला ९४ हजार २०० रुपैयाँमा कारो’बार भएको थियो ।

महा’संघका अनुसार आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भ’एको छ । यता चाँदी भने गत बुधबारको मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महा’संघले जनाएको छ ।

यो पनि, नेपाल राष्ट्र बैङ्कले मंग’लबार एउटा विनियमावली जारी गर्यो जुन प्रत्यक्ष वैदेशिक लगा’नीसँग सम्बन्धित थियो । सो विनियमावलीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैङ्कको स्वी’कृति नभएपनि हुने व्य’वस्था गरेको छ । तर केन्द्रिय बैङ्कको यो नीति प्रति दुई थरीका धार’णाहरु बाहिर आउन थालेका छन् ।

कतिपयले स्वी’कृति बिना ल्याइने लगानीले कालोधन त भित्र्याउने होइन भन्ने आशंका गरेका छन् भने कतै केन्द्रिय बैङ्कले वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउन सहज बना’एको भन्दै स्वागत गरेका छन् । प्रत्यक्ष वैदेशिक लगानीलाई राष्ट्र बैङ्कको स्वीकृति बिना ल्याउ’नुको फाइदा बेफाइदा के छन् त ? आम चासो’को विषय बनेको छ ।

बैङ्किङ क्षेत्रका विज्ञ अन’लराज भट्टराई राष्ट्र बैङ्कले लगानी भित्र्याउने व्यवस्था खु’कुलो पारेको नभइ प्रक्रिया सरल मात्र बनाएको बताउँछन् । नीति नियममा कुनै पनि सम्झौता राष्ट्र बैङ्क’ले नगरेको उनको बुझाइ छ ।
अर्को तर्फ विदेशी लगानी आउने वित्तिकै स्वदेशी उद्योग अथवा अर्थतन्त्र धरासायी पर्ने भन्ने आशं’का गर्नेलाई उनी भन्छन्, ‘भारतमा प्रत्येक वर्ष ७० अर्ब डलर’भन्दा बढी विदेशी रकम आउँछ । बंगलादेश र चीनमा पनि उत्तिकै वैदेशिक लगानी आउने गरेको छ । खै तिनीहरु धरासायी भएको ? उनीहरुकै अर्थतन्त्र मजबु’त छ ।’

यता, राष्ट्र बैङ्कका गर्भनर महाप्र’साद अधिकारीले पनि विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ ले कालोधन भित्र्याउन कुनै सह’जीकरण नगर्ने स्पष्ट पारिसकेका छन् । विनियमावली सार्वजनिक पछि बोल्दै गभर्नर अधिकारीले मस्यौदा सार्वजनिक भएपछि सञ्चार माध्यमहरुबाट कालोधन भित्र्या’उन सहयोग गर्यो भन्ने खालका प्रश्न उठेको भन्दै त्यस’मा शंका नगर्न भनेका छन् ।

वैदेशिक लगानी भित्र्या’उँन सहज व्यवस्था गरेको भन्दै राष्ट्र बैङ्कको यो कदमको प्रशंसा भइरहेको छ । अब कोरोना’पछिको अर्थतन्त्रलाई गति दिन ठूलो रकम आवश्य’क पर्ने भएकाले वैदेशिक लगानीका लागि गरिएको सरल प्रक्रियाले लगानी आकर्षित हुने बैङ्क तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष भोज’बहादुर शाहले बताए । परिसंघले विज्ञप्ति नै निकालेर आफुहरुले राख्दै आएको माग सम्बो’धन भएको बताएको छ ।

यता निजी क्षेत्र उद्योग परिसं’घले विनियमावलीको विनियम ३ मा विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा दर्ता लगा’यतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगा’नीकर्ताले बैङ्किङ प्रणाली मार्फत नेपाल भित्र्याउन विदेशी लगानीका लागि राष्ट्र बैङ्कको स्वीकृति अनि’वार्य नहुने व्यवस्थाले नेपालमा पूर्वाधार आयोज’नाको अध्ययन अघि बढाउन र उद्योग दर्ताका लागि विदेशी लगानीकर्तालाई सहज भएको बता’एको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्