ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य, कति पुग्यो ? हेर्नुहोस्
चितवनमा तीन हप्ता’देखि जारी निषेधाज्ञा’ले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजार’सम्म नपुग्दा मासुको मूल्य’मा गिरावट आएको छ ।
पोल्ट्रीको राजधा’नीका रुपमा परि’चित चितवन’बाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात’ गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो । एक हप्ताअघि प्रति’केजी खुद्रा रु ४२० रहेको कुखु’राको मा’सुको मूल्य अहिले रु २०० पुगेको छ ।
कोरोना भाइरसको सङ्क्र’मण तीव्र गतिमा बढ्दै गएप’छि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका ला’गि लागू गरेको निषेधाज्ञा’का कारण जिल्लाका मा’सु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन् ।
नेपाल कु’खुरा व्यवसायी मञ्चका कार्य’कारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अति संवेदनशील क्षेत्र भएकाले निर्बा’धरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मार’मा परेको बताउनुभयो ।
“४५ दिनभन्दा बढी कु’खुरा पाल्दा उत्पा’दन लागत पनि उठ्दैन”, उहाँले भन्नुभयो, “कुखुरा र तरकारी एउटै जस्तै हो । लामो समय’सम्म भण्डार गरे’र राख्न मिल्दैन । अहिले मा’सु खपत हुने ठाँउ बन्द जस्तै छ ।”
नेपाल ह्याचरी उद्योग सङ्घ’का केन्द्रीय अध्यक्ष टीका’राम पोखरेलले बजार खपतको अनु’मान गरेर कुखु’राको चल्ला हाल्ने गरे पनि मुख्य खपत हुने ठाउँ बन्द हुँदा समस्या उत्पन्न भएको बताउनु’भयो ।
समान्यत’या ब्वायलर कुखुरा’को चल्ला कोरल्न २२ दिन लाग्छ । २२ दिनअघि गरेर अनुमान अहिले नमिल्दा कुखुरा’को उत्पादन बढी र ख’पत कम हुँदा मुख्यमा भारी गिरा’वट आएको उनको भनाइ छ ।
निषेधाज्ञा’को प्रभाव चल्ला उत्पादन गर्ने ह्या’चरी पनि परेको छ । प्रतिहप्ता ४५ लाख चल्ला उत्पादन हुने यहाँ लक’डाउनका कारण ३० लाख प्रतिहप्ता उत्पा’दन हुने गरेको छ । उत्पादन भएको चल्ला’मध्ये ५० प्रतिशत’मात्र बिक्री हुने गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।
बाँकी चल्ला अहिले पनि मारेरै फाल्नु’पर्ने अवस्था छ । लागत मुख्य’को ५० प्रतिशत कम’मा पनि चल्ला बिक्री भए’का छैनन् । एउटा चल्लाको हालको मूल्य रु ३० छ भने लागत मूल्य रु ५६ पार्न आ’उने व्यवसायी’हरु बताउँछन् ।
उपत्य:कामा पाँच लाख के’जी मासु खपत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मा’सु खपत हुने गर्दछ । यहाँबाट काठ’माडौँ, पोखरा र बुटवलमा कुखुरा निर्या’त गर्ने गरिन्छ । रासस