धनकुटामा कोरोनाबाट एकै परिवारका आमा, एक छोरा र एक छोरीको नि’धन

कोरोना संक्र’मणका कारण धनकुटामा एक महिनाको अवधीमा एकै घरमा तीन जनाको मृ’त्यु भएको छ । जसमा आमा, एक छोरा र एक छोरी छन् ।

आमा बितेको ठीक एक हप्ता’मा धनकुटा नगरपालिका वडा नं. ६ निवासी विश्वप्रकाश श्रेष्ठको मंगलबार नि’धन भएको छ । श्रेष्ठको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा नि’धन भएको छ ।

कोरोना संक्र’मणकै कारण श्रेष्ठकी ९४ वर्षीय आमा शौभाग्यदेवी श्रेष्ठको जेठ १८ गते मात्रै मृ’त्यु भएको थियो भने बैशाख २४ गते उनकी दिदी बिजयाश्री श्रेष्ठको मृ’त्यु भएको थियो ।

स्व. श्रेष्ठ नेपाल राष्ट्रिय अभिभावक संघ धनकुटाका सल्ला’हकार, तरुण दल धनकुटाका सं’स्थापक अध्यक्ष, धनकुटा क्याम्पसका प्राद्यापक संघका पूर्व सभा’पति समेत थिए । धनकुटा बहुमुखी क्यापसका राज’नीतिक शास्त्रका पूर्व प्राध्या’पक थिए ।

२०५४ सालमा भएको धनकुटा नगरपालिकाको निर्वा’चनमा नेपाली कांग्रेसको तर्फबाट उम्मे’दवार बनेका थिए । २०१३ साल असार १३ गते धनकुटा नगरपालिका वडा नं ६ वीचबजार धनकुटामा ज’न्मनु भएका स्व श्रेष्ठको श्रीमती दुई छोरा र एक छोरी छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्