कोरोना अपडेट – आज ८,२४३ जना कोरोना संक्र’मणमुक्त, ६८ जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्र’मणमुक्त भएका छन् । यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्र’मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृ’त्यु भएको छ ।

यो पनि, कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

त्यसका लागि मौ’जुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाए’का छन् । नयाँ मन्त्रिपरिष’दमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नेकपा एमाले’का रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधा’नमन्त्री भएका छन् ।

उपप्रधा’नमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । नयाँ मन्त्रिमण्ड’लमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जल’स्रोत तथा सिंचाइ मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मे’वारी पाएका छन् ।

यस्तै विमल श्रीवा’स्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डय’नमन्त्री बन्दा चन्दा चौधरी’लाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रा’लयको जिम्मेवारी दिइएको छ ।

सत्ता’रुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जन’संख्या मन्त्री नियुक्त भएका छन् । अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्