यी महिलाले सवा २ करोड खर्चेर एक वर्षमा २० सन्तान जन्माइन्, तेइस वर्षको उमेरमा २१ सन्तान !

जर्जियाको अत्य’न्तै धनी एक परिवारकी महिलाले १ वर्षको समयमा २० जना सन्तान जन्मा’एकी छिन् । अब उनी २१ छोराछोरीकी आमा भएकी छिन् । उनले यी छोराछोरीको हेरचा’हको लागि १६ जना सुसारेहरु राखेकी छिन् । यी सबै सुसारेहरु स्थायी जा’गिरे हुन् । यी महिला आफैं पनि यी बच्चाहरुको हरचाहमा व्यस्त रह’न्छिन् ।

यी महिला आफ्नो परिवार अझै ठूलो बना’उन चाहन्छिन् । २३ वर्षको उमेरमा २१ सन्तानकी आमा बनेकी क्रिस्टिना ओजटर्कका अनुसार उनले जतिबेला आफ्ना अर्ब’पति श्रीमान ग्यालिपलाई पहिलो पटक भेटेकी थिइन् त्यसपछि नै उनीहरुले मिलेर ठूलो परिवारको स’पना देखेका थिए । उनका श्रीमान ग्यालिप पहिले नै विवाहित थिए। उनीहरुको भेट जर्जियाको यात्रा’को क्रममा भएको थियो ।

क्रि’स्टिनाका अनुसार पहिलो सन्धानलाई उनी आफैंले गर्भमा हुर्काएर जन्माएकी हुन् । त्यसपछिका २० सन्तान भने सेरो’गेसीबाट जन्मिएका हुन् । तर, यी सबै सन्तानकी जैविक आमा भने उनी नै हुन् । एक वर्ष पहिले उनका एक मात्र स’न्तान थिए । एक वर्षपछि अहिले उनका २१ सन्तान छन् । यी बच्चा जन्माउने सेरोगेट आ’माका लागि उनीहरुले १ लाख ६० हजार युरो (२ करोड २७ लाख रुपैयाँ) खर्च गरेका छन् ।

यी बच्चा’हरुको हेरचाहका लागि उनीहरुले १६ सुसारे राखेका छन् जो उनीहरुको घरमै बस्छन् । यी सुसारेहरुको लागि वर्षमा ९६ हजार डलर (१ करोड १२ लाख रुपैयाँ) खर्च हुन्छ । क्रिस्टिनाका अनुसार उनी हरेक समय आफ्ना बच्चा’हरुसँग बस्छिन् र ती सबै कामहरु गर्छिन् जुन एक आमाले आम रुपमा आफ्ना बच्चासँग गर्छिन् । यी २० सन्तान जन्माउनुअघि नै ग्यालिप र क्रिस्टिनाकी ५ वर्षकी छोरी भिक्टोरिया थिइन् । भिक्टो’रियालाई क्रिस्टिनाले नै गर्भमा हु’र्काएर जन्माएकी हुन् ।

यो परिवार अहिले तीन तलाको हवेली’मा बस्छन् । क्रिस्टिनाका अनुसार सबै बच्चाहरुलाई चाहिने सा’मानहरुको लागि हरेक हप्ता ५ देखि ६ हजार डलर खर्च हुन्छ । कहिलेकाही यो खर्च केही बढी र कहिलेकाहीँ केही कम पनि हुन सक्छ । फोर्ब्सका अनुसार क्रिस्टिनाका श्रमिान ग्या’लिप पर्यटन र परिवहन व्यवसायी हुन् । उनी मूल रुपले टर्कीका हुन् र २०१३ देखि जर्जियामा बसिर’हेका छन् । ग्यालिप टर्कीको कम्पनी मेट्रो होल्डिङका संस्था’पक हुन् । जर्जियामा उनको ५ सय मिलियन डलर लगानी छ । डिसीनेपालबाट

प्रतिकृया दिनुहोस्