सरकारबाट रा’ष्ट्रघाती काम भयो : पूर्वराष्ट्रपति डा.यादव (भिडियो)

नेपालका प्रथम रा’ष्ट्रपति डा. रामवरण यादव चुरे संरक्षण अभियानका सर्जक हुन् । उनी राष्ट्रपति भएकै बेला राष्ट्रपति चुरे संर’क्षण अभियान सुरु भएको हो । यो कार्यक्रमलाई सर’कारले पछिसम्म निरन्तरता दिँदै आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डा’रीले शनिबार जारी गरेको विनियोजन अध्यादेश (बजेट) मा ढुंगा, गिटी बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने उल्ले’ख गरेको देखेपछि पूर्वराष्ट्रपति यादव चुरेको संरक्ष’णलाई लिएर चिन्तित बनेका छन् । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटको १९९ नम्बर बुँदामा ढुंगा गिटी बालु’वाटार निकासी गरेर व्यापार घाटा कम गर्ने भनिएको छ ।

सरकार’को यो नीतिलाई राष्ट्रघातको संज्ञा दिँदै पूर्वराष्ट्रपति डा. यादवले रातोपा’टीसँग भने, ‘सरकारले चुरेको बालुवा, ढुंगा, गिट्टी र खानीजन्य अन्य निकासीका कुराहरु बाहिर निर्यात गर्ने जुन कुरा ग’रेको छ, यो अत्यन्तै आपत्तिजनक कुरा हो । म त भन्छु यो राष्ट्रघाती कुरा हो । यसले राष्ट्रलाई दूरगामी घात पुर्या:एको छ ।’

रातोपा’टीका लागि ‘द भ्यु’ कार्यक्रममा डा. यादवले भने, ‘विद्वानहरु, भूगोलविद, वातावरणविद, कृषिविद् सबै आश्चर्यच’कित परेका छन् । सँगसँगै, म पनि आश्चर्य:चकित परेको छु ।’

सरकारले संवि’धानलाई मिचेर अध्यादेशबाट बजेट ल्याएको भन्दै पूर्वराष्ट्रपति डा. यादवले यसरी अध्यादेशबाट बजेट ल्याइनु गैरकानूनी एवं गैरसंवै’धानिक भएको बताए ।

‘संविधानमा प्रतिनिधि’सभाबाट बजेट ल्याउने व्यवस्था छ । त्यसलाई बाइपास गरेर पाँच महिनामा दुई चोटि जनताको सर्वोच्च निकायलाई सरकारबाट र राष्ट्रपतिको संस्था’बाट प्रहार भएको छ’ पूर्वराष्ट्रपति यादवले भने, ‘सार्वभौम संस्था प्रतिनिधिसभालाई दुई–दुईचोटि संविधानमा आघात पुर्याए’र भंग गरिएको छ ।’

देशको प्राकृतिक स्रोतको कसरी व्यव’स्थापन गर्ने भन्नेबारे जनप्रतिनि’धिमूलक संस्था प्रतिनिधिसभामा गहन मन्थन गरेरमात्रै निर्णय लिइनुपर्ने डा. यादवको सुझाव छ । यादवले भन्छन्, ‘यस्तो बेलामा अध्यादेशबाट, जो गैरकानूनी छ, गैरसंवै’धानिक काम गरेर यो ल्याइएको छ ।’

नेपालको चुरे संरक्षण अभियान एवं समसाम’यिक राजनीतिक विषयवस्तुमा आधारित भई रातो’पाटीले पूर्वराष्ट्रपति डा. यादवसँग गरेको कुराकानी यहाँ प्रस्तु’त गरिएको छ– रोतोपाटीबाट

प्रतिकृया दिनुहोस्