अब विदेशबाट नेपालीहरु आउन पाउने, सरकारले जारि गर्यो यस्तो सूचना

खाडीको देश र मले’सियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले अब पाँच दिन अनि’वार्य होटेल क्वरेण्टीनमा बसे पुग्ने भएको छ । होटेल क्वारेन्टिनको अवधि पुरा गरेपछि पिसि&आर रिपोर्ट नेगेटिभ आएपनि थप १० दिन होम क्वारेन्टि’नमा बस्नुपर्ने छ ।

महामारीको जोखि’मका कारण बन्द गरिएको अन्तर्राष्ट्रिय उडान केही सहज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्ड’यन मन्त्रालयले नयाँ माप’दण्ड जारी गरेको हो । जसमा खाडी मुलुकवाट आउनेहरुका लागि अनिवार्य ५ दिन होटल क्वारेन्टिन र त्यस’पछि १० दिन होम क्वारेन्टिन बस्नुपर्ने उल्लेख छ ।

आज मंगल’बारदेखि सरकारले नेपाली श्रमिकको खाडीको मुख्य श्रम गन्तव्य कतारसहित तीन देशबाट निय’मित उडान खोलेको हो । मलेसियासहित अरू खाडीका देशमा भने अझैँ नै उडानमा प्रतिबन्ध नै लगाइ’एको छ ।अन्य यात्रुका लागि तोकिएको मापदण्ड पुरानो यथावत राखिएको छ । जुन नेपाली र विदेशीका लागि लागू ग’रिएको छ ।

आकस्मिक अव’स्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु नेपाली तथा विदेशी दुवैलाई अनिवार्य १० दिन होटेल क्व’रेण्टीनको प्रावधान अहिले पनि दोहोरिएको छ । नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट सा’थमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वरेण्टीनको खर्च आफैँले व्यहो’र्नपर्छ ।

१० दिन’सम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु गन्तव्य’मा जान सक्नेछन् । आफ्नो धर्म, रीतिरि’वाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारका लागि विदेशबाट नेपाल आउने व्यक्तिको हकमा भने पालिकाको सिफारिसमा सिधै गन्तव्यमा जान दिइने छ । तर १० दिन होम क्वरेण्टी’नमा बस्नपर्छ ।

सरका’रले अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वरेण्टीन नतो’किने भएको छ । नयाँ मापदण्ड अनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्व’रेण्टीनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो । पर्यटन मन्त्रालयले होटेल क्वरेण्टीनका लागि होटेलको सू’चीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफा’रिसमा नेपाल पर्यटन बोर्डलाई दिएको छ ।

दीर्घरोगी, शारी’रिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारे’न्टिनमा बस्ने गरी जान दिइने भएको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबाल’कका आमा–बुबाको हकमा स्थानीय तहको सिफा’रिसमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई नियोगको सिफा’रिसमा जान दिइने भएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्