एसइई आ’न्तरिक मूल्याङ्कनबाट गर्ने सरकारको नि’र्णय

दोस्रो ल’हरको कोभिड–१९ महामारीका कारण सर’कारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चा’लन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिप’रिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई परीक्षा नगर्ने निर्णय गरेको हो । एसइई परीक्षा न’तिजा गत वर्षको जस्तै आन्तरिक मूल्या’ङ्कन विधिबाट सार्वज’निक गर्ने भएको छ ।

कोरोना महामारीका का’रण विद्यार्थीको भौतिक उप’स्थितिमा परीक्षा गर्न सकिने अव’स्था नरहेको, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिँदा विद्यार्थीमा सङ्क्रमण गर्न सक्ने खतरा अत्यधि’क रहेको र अनलाइनबाट परीक्षा सञ्चा’लन गर्दा एसइई परीक्षामा सहभागी हुने सबै विद्यार्थीमा प्रविधिको पहुँच नपुग्ने भएकाले गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्ने निर्णय सरका’रले गरेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कोभिडको सङ्क्र’मण बढ्दै गएको र बालबालिकालाई थप जोखिम हुने खतरा रहेकाले गत वर्षकै प्रक्रियालाई निरन्त’रता दिँदै एसइईको आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको हो । मन्त्रा’लयले सरकारको निर्णय कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई परिपत्र गर्ने भ’एको छ ।

बोर्डले यस वर्ष जेठ १३ गतेदेखि एस’इई परीक्षा भौतिकरूपमा नै सञ्चालन गर्ने गरी गर्ने परीक्षा तालिका सार्वजनिक गरे पनि कोभिड महामा’रीका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको र बालबालिकामा सङ्क्र’मण बढेपछि सरकारले वैशाख २७ गते एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्ण’य गरेको थियो । त्यसपछि बोर्डले एसइई परीक्षा सञ्चा’लन गर्नेबारे शिक्षा विभागका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले परीक्षाका लागि चार वटा विकल्प प्रस्तु’त गरेको थियो ।

एउटा गत वर्षको जस्तो आन्त’रिक मूल्याङ्कन गर्ने, दोस्रो विद्यार्थीलाई प्रश्न पत्र दिएर अन’लाइनबाट परीक्षा दिलाउने, तेस्रो भौतिक दूरी कायम गर्दै बोर्ड आफैँले सञ्चालन गर्ने वा विद्याल’यलाई परीक्षा सञ्चालनको जिम्मा दिने र चौथो भारतमा जस्तै परीक्षा नै नगरी आन्तरिक मूल्याङ्न गर्ने र कक्षा ११ को प्रवेश परीक्षालाई कडाइ पार्दै ती विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा कडाइ गर्ने वि’कल्प पेश गरेको बोर्डले जानकारी दिएको छ ।

यस वर्ष बोर्ड र प्याब्स’नका केही पदाधिकारीले भने विद्यालयलाई परीक्षाको जिम्मा दिने गरी निर्णय गर्नुपर्ने’मा जोड दिएका थिए तर विद्यालयलाई जिम्मा दिँदा विद्यार्थीमा सङ्क्र’मण फैलिए त्यसको जिम्मेवारी को हुने भन्ने सवाल खडा भएको बताइएको छ । यस वर्ष देशभरिबाट करिब पाँच लाख १७ हजार विद्यार्थी एसइई परीक्षाको तयारी छन् । गत वर्ष कोरोना महामा’रीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्नका आ:’धारमा बोर्डले नतिजा दिएको थियो । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्