वि’पन्न परिवारको गुनासो : सरकारले निषेधाज्ञामा राहत नबाँड्दा भौकै सु’त्नु परेको छ

पर्सा जीराभ’वानी गापा ५ स्थित दलित बस्तीका वृद्ध जयकिसुन पासवान भन्छन्, ‘पोहोर त ढिलै भए पनि मु’खिया ९वडा अध्यक्ष० जीले चामल दाल ल्याएर दिए, यसपालि त अहिलेसम्म ना’कमुख पनि देखाउन आएका छैनन् ।

महिना दिनदेखि जारी निषेधाज्ञा’का कारण छाक टार्नै समस्या भएपछि दुःख बिसाउँदै जयकिसुन भन्छन्,‘महिना दिन भइसक्यो छोराको काम बन्द छ, हामी बुढा’बुढीको हातपाउ चल्दैन, बृद्ध जयकिसुनले भने, ‘छरछि’मेकबाट पैँचो पाएका दिन चुल्हो बल्छ, नभए भोकै सुत्नुपर्छ ।’

पर्सामा कोरोना संक्र’मण नियन्त्रण तथा रोकथामका लागि नि’षेधाज्ञा लगाइएको १ महिना भइसकेको छ । वैशाख १६ देखि सुरुमा एक हप्ताका लागि लगाइएको निषेधा’ज्ञा जेठ २० सम्मका लागि थपिएको छ । अझै कति दिनसम्म लम्बि’ने यकिन छैन ।

महिना दिन’देखिको निषेधाज्ञाका कारण बजार, पसल, औद्योगिक प्रतिष्ठान कलकारखाना सबै बन्द छन् । अति अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन स्थानीय प्रशा’सनले प्रतिबन्ध लगाएको छ । जसकारण दैनिक ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्दै आएका परिवा’रहरु समस्यामा परेका छन् । त्यसमा पनि सुकुम्वासी र दलित बस्तीका परिवार भने बिहान बेलु’काको छाक टार्न नसकेर अझ धेरै समस्यामा परेका छन् ।

पोहोर सालको लकडाउनका बेला ढिलै भए पनि पर्साका हरेक स्थानीय तहले प्रदेश सरकारको समन्वयमा अति विपन्न परिवारका लागि राहत प्याकेजको व्यवस्था गरेका थिए । यसपालि निषेधाज्ञा लगाइएको १ महिना बितिसक्दा पनि पर्सा जिल्लाका कुनै पनि स्थानीय तहले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लागि राहत वितरण गरेका छैनन् । निषेधाज्ञाले समस्या परेकाहरु बारे स्थानीय सरकार बेखबर जस्तै भएपछि केही सामाजिक संघ संस्था र मनकारी दाता भने सहयोगका लागि अगाडि सरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्