मुलु’कभर ४ हजार ७६२ जना नयाँ कोरोना सं’क्रमित थपिए, ११४ को मृ’त्यु

नेपालमा पछि’ल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलु_कभर पछिल्लो २४ घण्टामा ४ हजार ७६२ जना नयाँ कोरोना सं’क्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार मुलुकभर १७ हजार ४८० जनाको पीसी’आर–एन्टिजेन परीक्षण ४ हजार ७६२ जनामा कोरो’ना संक्रमण पुष्टि भएको हो ।

१५ हजार ५५ जनाको आरटी–पी’सीआर परीक्षण गर्दा ४ हजार १७८ र २ सय ४२५ जनाको एन्टि’जेन परीक्षण गर्दा ५ सय ८४ जनामा कोरोना संक्र’मण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलु’कभर ४ हजार ७६२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमि’तको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ४९१ संक्रमि’त निको भए, ११४ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रम’णबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ४९१ जना निको हुँदा डिस्चा’र्ज हुनेहरुको कुल संख्या ४ लाख ४७ हजार ४४६ पु’गेको छ ।

यसैगरी क्वारेन्टा’इनमा रहनेको संख्या ६ हजार ८९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १७ हजार ४८० जनाको पी’सीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३० लाख ५७ हजार ४२४ जनाको पीसीआर–एन्टिजेन परी’क्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टा’मा थप १ सय १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रम’णबाट मृ’त्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ । न्युज24 बाट

प्रतिकृया दिनुहोस्