पच्चीस लाख रुपैयाँ ल’गानीबाट कस्ता–क’स्ता काम गर्न सकिन्छ ?

सरकारले आ’गामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा केही लोकप्रियता कमा’उने खालका विषय पनि समेटेको छ । त्यसमध्ये एउटा हो स्नातक उत्तीर्ण युवाका लागि प्र’माणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ५ प्रतिशत ब्या’जदरमा ऋण दिने विषय ।

देशमा शैक्षिक बेरो’जगारी दर बढिरहेका बेला युवा स्वरोजगार बनाउने उद्देश्यका लागि भन्दै शैक्षिक प्र’माणपत्र धितो राखेर ऋण दिने कुरा एकदमै स’कारात्मक सराहनीय र स्वागतयोग्य छ । सरकारले अघिल्ला वर्षमा पनि यसबारे घोषणा गरे पनि का’र्यान्वयनमा आउन सकेन् । सर’कारले ल्याएको यो नीति लागू हुन सक्यो र नागरिकहरू पनि अनुशासित, मिहिनेती,लग’नशील अनि धैर्यवान् हुने हो भने आगामी केही वर्षमा देशमा बेरोजगारीको सङ्ख्यामा कम गर्न यस्तो नीति लाभ’दायक हुनसक्छ ।

युवा उ’द्यमीको सङ्ख्या ज्यादा र विदेश पलायन हुनुपर्ने बाध्यता कम हुने निश्चित छ । कुनै क्षेत्रमा लगानी गरेर सफ’लता पाउने हो भने उच्च शिक्षा हासिल गरेका समग्र यु’वाहरूले कुनै कार्यालयमा काम गर्ने,घुम्ने कुर्सीमै बसेर जागिर खाने भन्ने मानसि’कता पनि हटाउन जरुरी छ ।

हाम्रो देशमा यति धेरै अ’वसर छन्,यसलाई सही सदु’पयोग गर्न अझैसम्म पनि युवाहरूको दिमा’गमा छिरेको छैन । स्वरोजगार हुन कतिप’य कामका क्षेत्रमा एकदमै कम लगानीबाट सुरु गरेर पनि करोडसम्म पनि पुर्याउन सकिन्छ । त्यस्ता कामका लागि मिहिनेत अनि समय दिई विचलित निरन्त’रता दियो भने प्रगति गर्न धेरै समय लाग्दैन ।

यदि सरका’रले बजेटमा घोषणा गरेजस्तै बिना झन्झट शैक्षिक बेरोजगारहरू युवा वर्गलाई सहुलि’यत ऋण दिने हो भने नेपालमा त्यो रकमले धेरै कार्य गर्न सकिन्छ । यता बैङ्कहरूले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर सीधै ऋण लगानी गर्ने कुरा आउँदैन । उनीहरूले शैक्षिक प्रमाण’पत्रका साथमा ऋण लगानी गर्ने र त्यो कामबाट ऋण र ब्याज फिर्ता आउने सुनि’श्चितता खोजेको हुन्छ । २५ लाख लगानी गरेर स्वरोजगार बन्नका लागि मैले निम्न केही बुँदा सु’झाएको छु ।

–२५ लाख रूपैयाँले नेपालमा कृषि’जन्य व्यवसाय गर्न सकिन्छ । हाम्रो देशमा हरेक परि’वारमा केही न केही मात्रामा अवश्य पनि खेतीयोग्य जमिन छ । उक्त जमिनमा आधुनिक तरिकाले खेती’पाती,तरकारी लगायत नगदेबा’ली लगाउन सकिन्छ । उक्त कार्यका लागि आवश्यक पर्ने मल,बीउ र आधुनिक खनजोत गर्नका लागि ट्याक्टर ल’गायतका उपकरण किन्नको सो रकम प्रयोग गर्न सकिन्छ ।

–सो रकम पशुपा’लनका लागि खर्च गर्न सकिन्छ । नेपाल माछा मासुमा अझै पनि पूर्ण रूपमा आत्म’निर्भर भइसकेको छैन । मासुका लागि मात्रै वार्षिक अर्बौं रुपैयाँ भारतमा जाने गरेको छ । स्वेदेशमै आधुनिक प्रविधि अप’नाएर सानो लगानीमा भए पनि गाई,भैँसी,बाख्रा,कुखुरा लगायतका पशुपालन तथा माछा पा’लन गर्न सकिन्छ ।

–नेपालमा गर्न सकिने अर्को व्य’वसाय तयारी पोशाक उत्पादन पनि हो । २५ लाख रूपैयाँबाट १० देखि १५ वटासम्म सिलाई मेसिन खरिद गर्न सकिन्छ । तयारी कपडा उत्पा’दनका लागि कच्चा पदार्थ सहजै पाइने भएकाले केही कामदार राखेर सानो व्यवसा’य गर्न सकिन्छ र यसको भवि’ष्य धेरै राम्रो रहेको छ ।

–साबुन बनाउने कार’खाना,धुप बनाउने कारखाना,सस्तो चप्पल बनाउने,ब्याग कारखाना,कपी छपाई,सेनिटरी प्याड उत्पादन जस्ता सानो लगा’नीमा यस्ता धेरैवटा व्यवसाय गर्न सकिन्छ जहाँ ४० देखी ५० जना कामदारलाई रोज’गारी पनि दिन सकिन्छ ।

–२५ लाख रुपि’याँमा इम्ब्रोडरी गर्ने,प्रिन्ट गर्ने मेसिन सञ्चालन गरेर हरेक महिना खर्च कटाएर १ देखि २ लाख रुपैयाँ’सम्म सजिलै आम्दानी गर्न सकिन्छ ।

–त्यस्तै एलईडी बल्ब बनाउने,पनिर उद्योग,म’सला उद्योग,प्याकिङ,बलपेन मेसिन,डलहरू बनाउने,क्याफे,ट्राभल एजेन्सी,वेभ ग्राफिक डि’जाइन,विभिन्न तालिम केन्द्रहरू,ट्युसन सेन्टर,होमस्टे लगायतका धेरैभन्दा धेरै प्रकारका व्यापार व्यव’साय सुरु गर्न सकिन्छ ।

–फेन्सी पस’ल,जुत्ता चप्पल पसल खोल्नका लागि यो रकम पर्याप्त हुन्छ । यी व्यवसायमा २५ लाख लगा’नी गर्ने हो भने किस्तामा ऋण तथा ब्याज,भाडा खर्च तिरेर मासिक १ लाख रुपैयाँ राम्रोसँग बचत गर्न सकिन्छ ।

माथि उल्ले’खित काम केही प्रतिनिधि’मूलक काम हुन् । यीबाहेक अन्य धेरै काम गर्न सकिन्छ । आफू स्व’रोजगार बन्दै अरूलाई पनि रोजगारी दिन सकिन्छ । यसका साथै स्वदेशमा नै विभिन्न खालका वस्तु उत्पादन गरी उत्पा’दित वस्तु तथा सेवा आफ्नै देशमा खपत गराउँदा नेपाली पैसा विदेसिन पाउँदैन । मिहिने’तपूर्वक काम गरेर मासिक १ लाख रुपैयाँ बचत गर्दै जान सक्ने हो भने २५ महिनामा ऋण चुक्ता गरी २६ महिनादेखि व्यव’साय नाफामा सञ्चालन हुन थाल्छ ।

कतिपय यु’वाले निकै महँगो ब्याजदरमा ऋण लिएर पनि स्वदेशमै निक्कै ठूलो प्रगति गरेको प्रशस्तै उदाह’रण छन् । यसको मुख्य कारण इमानदारिता र लगनशीलता नै हो । माथि उल्लेखित काम एक्लैले गर्न सकि’ने काम हुन् । यदि समूहगत रूपमा साथीहरू वा आफन्त नै मिलेर १० देखि १५ जनाको समूहले केही राम्रो योज’ना बनाएर पनि काम गर्न सकिन्छ । यदि १५ जना मिल्ने हो भने २५ लाखको दरले ३ करोड २५ लाख हुन्छ । यति रकम लगानी गर्ने हो भने नेपालमा ३ सय जनासम्मलाई रोजगा’री दिन सकिने मेरो आफ्नै अनुभव छ ।

सरकारले घोष’णा गरेको यो योजनाको शीघ्र कार्यान्व’यन हुने र बे’रोजगार रहेका युवाले रणनीतिक कार्ययोजना बनाएर अगाडि बढ्ने हो भने देश समृद्धि भई अन्य युवा’हरूका लागि पनि रोजगार सिर्जना गर्न सकिन्छ । यसले व्यक्ति समाज हँुदै सिङ्गो देशलाई नै आत्मनिर्भर बनाएर अन्त’र्राष्ट्रिय जगतमा चिनाउन पक्कै पनि धेरै समय लाग्दैन ।

उच्च शिक्षा हासिल गरेका व्यक्ति सफल उद्यमी बन्न र त्यही उद्यमी समाजको प्रतिनिधि बनी देशको विकास गर्न पक्कै अ’सम्भव छैन । सरकारले पनि आफूले घोषणा गरि’सकेको यो विषय तत्काल कार्यान्वयन गरेर अघि बढ्न आवश्यक छ ।(लेखक युवा उद्यमी तथा थ्रेड गा’र्मेन्टका सञ्चालक हुन् ।)

प्रतिकृया दिनुहोस्