सरकारले सरकारी कर्मचारीहरुलाई दियो यस्तो सुविधा, यी कर्मचारीको पनि ब’ढायो तलव

सरकारले सरकारी कर्मचा’रीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजे’टमार्फत् सरकारले यो घो’षणा गरेको हो । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आन्तरिक पर्य’टन प्रवर्द्धन गर्न सरकारले ‘पर्यटन काज’को यो नीति ल्याए’को बताए ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजा’मती, सार्वजनिक संस्थान र प्रतिष्ठा’नका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपल’ब्ध गराइने छ,’ मन्त्री पौडेलले भने । उनले निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत सोही अनुसा’रको सुविधा प्रदान गर्न प्रेरि’त गरिने बताए ।

यसअघि कोरोनाबाट प्र’भावित पर्यटन क्षेत्रको उत्थान गर्न तत्का’लीन पर्यट’न मन्त्री योगेश भट्टराईले सातामा दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव गरेका थिए । तर, यो विदाको दुरु’पयोग हुनसक्ने भन्दै आलोचना भएपछि सरका’रले निर्णय गरेको थिएन ।

त्यस्तै सरकारले महिला स्वास्थ्य स्वयंसे’विकाको सुविधालाई शतप्रतिशत बढाए’को छ। आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको या’तायात सुविधामा शतप्रतिशत वृद्धि गर्दै १२ हजार पुर्याइ’एको अर्थमन्त्री विष्णु पौडेलले बताए। हाल देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेवि’काहरु रहेका छन्।

त्यस्तै योगदा’नमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुको दुई महिनाको योगदान रकम सरकारले बे’होर्ने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले २०७८ जेठ र असारको योगदान रकम सरकार’ले बेहो’र्ने बताएका हुन्।

सरकारले निजि क्षेत्रका सबै श्रमिकका लागि सामा’जिक सुरक्षा योजना अनिवा’र्य गरेको छ। यो योजनामा श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत -मिकको तर्फबाट ११ प्रतिशत र रोजगार’दाताको तर्फबाट २० प्रतिशत रकम मासिक रुपमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ। यो योजनामा असं’गठित क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई समेत समेटिने अर्थमन्त्री विष्णु पौडेलले जा’नकारी दिए। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्