‘सक्किगोनी’ भन्दा फरक विषयवस्तुमा टेलिसिरियल लेख्दै – कुमार कट्टेल

हाँस्य कला’कार कुमार कट्टेल नयाँ टेलिसिरियलको कथा लेखनमा लागेका छन् । ‘सक्किगोनी’ भन्दा फरक विषय’वस्तुमा पनि टेलिसिरियल बनाउने सोच अनुसार आफू कथा लेखनमा लागिरहेको कुमारले अनलाइ’नखबरलाई बताए ।

‘कमेडीभन्दा फरक विधामा सामा’जिक विषयवस्तुमा पनि टेलिसिरियल बनाउने सोच हो’ कुमारले भने–‘अहिले त्यसको कथामा दृश्य अनुसार लेख’नको काम गरिरहेको छु ।’अवस्था सामान्य भएप’छि उक्त टेलिसिरियल नि’र्माण सुरु गर्ने कुमारले बताए । नयाँ टेलिसिरियलमा ‘सक्किगोनी’कै टिम हुने कि नयाँ हुने भन्नेबारे सरसल्लाह भने भैनसके’को उनले बताए ।

‘अहिले म आ’फूमात्र लागेर कथा लेखिरहेको छु । टिमसँग सरसल्लाह हुन बाँकी नै छ’ कुमारले भने–‘सक्किगोनीबाट केही कलाकार, बाहिरबाट केही क’लाकार हुनुहुन्छ होला । अन्य कुरा कथाको काम सकिस’केपछि तय हुन्छ ।’

‘सक्किगोनी’ टिमले चलचित्र निर्मा’णको तयारी गरेको पनि लामै भयो । चलचित्रको नाम’समेत तय भएको थियो । यद्यपी चलचित्र निर्माणको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । कुमार अब चलचित्रको कामलाई पनि अगाडि बढा’उने बताउँछन् । अहिले आफू नयाँ टेलिसिरियलसँगै चल’चित्रको कथामा पनि घोत्लिएको उनले बताए ।

‘सामान्य अवस्था’मा ‘सक्किगोनी’मै बढी समय जाने भएकाले अहिले प्रशस्त समय भएको अवस्था’मा चलचित्रको कथामा पनि सोचिरहेको छु । दुई–तीनवटा कथामध्ये कुनलाई फाइन गर्ने भन्ने बिषयमा पनि सोचिर’हेको छु’ उनले भने । चलचित्र भने सामाजिक विषयवस्तुलाई उठान गर्दै कमेडी जनरामा निर्मा’ण हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्