व्यथा लागे’पछि कोरोना पुष्टि , बच्चालाई दूध समेत चु’साउन नपाउँदै सुत्केरी आमाको नि’धन

पोखरामा अ’क्सिजन अभावमा एक सुत्के’री सहित ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रति’ष्ठानमा एक सुत्केरी महि’लासहित ७ जनाको बिहीबार राति मृ’त्यु भएको हो ।

हाइ फ्लो अक्सि’जन पर्याप्त नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ । पछिल्लो तीन दिनयता अक्सि’जनको आवश्यकता बढी भएका बिरा’मी आइरहेको र माग र आपूर्ति अनियमित हुँदा समस्या परेको अस्पता’लको भनाइ छ ।

तनहुँ, भानुकी २५ वर्षीया गर्भव’तीलाई गत शुक्रबार दिउँसोदेखि नै सुत्के’री व्यथा लागेको थियो। श्रीमान र उनका भाञ्जाले त्यही दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्या’एका थिए। अस्पतालमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट को’रोना पोजेटिभ आयो। बच्चा जन्मिएपछि सुरुमा बच्चा’लाई पोजेटिभ रिपोर्ट आएको भएपनि पछि नेगेटिभ आयो । अहिले बच्चाको स्वा’स्थ्य सुधार हुँदै गएको छ । तर उनले आमाको दुध खान पाएनन् ।

सुत्केरी आमा’लाई भने श्वास फेर्न गाह्रो हुँदै गइरा’खेको थियो। अस्पतालले अचानक बिहीबार रातीदेखि अक्सिजनको अभाव भएको जानकारी बिरा’मी र तिनका आफन्तलाई दियो। महिलाका आफन्तले अक्सिजन उत्पादन हुने क्षेत्र देखि हिमाल आरो’हण गर्ने स्थान सम्म अक्सि’जनको खोजी गरे ।

अन्त्यमा हिमाल आरोहण गर्नेले प्रयोग गर्ने सानो अक्सिजन सिलिण्डरले भएपनि बचा’उन खोजिएको थियो । तर यता सुत्के’रीको राती करिब साढे १० वजे मृत्यु भयो । अक्सिजन लिन गएकाह’रु रित्तै फर्किए । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्