चीन, कतार र टर्की उ’डान खुला

साता’मा एक-एक उडान चार्टर उडा’नमा वायुसेवा र एजेन्टको मिलो’मतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नि’यमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडा’न खोल्ने निर्णय गरेको छ ।

बिही’बारको मन्त्रीपरिषद बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्ता’नबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले बताए । तीनै देशमा सा’तामा एउटा उडा’नमात्र खुला गरिएको हो ती मन्त्रीले बताए ।

‘भारतमा सा’तामा दुईवटा उडान भइरहेका छन्,’ ती मन्त्रीले भने, ‘चार्टर उडानको झमेलामा फस्नु पर्दैन । मान्छे ठगिदैनन् पनि । नियमित उडानलाई थप व्यवस्थि&त गरेर खोल्ने नीतिगत नि’र्णय भएको छ ।’

हाल सर’कारले भारतीय यात्रुलाई साउदी अरब पुर्‍याउन नेपाल वायुसेवा निगम, हिमालय एयरला’यन्सलाई चार्टर उडान अनुमति दिएको थियो । त्यस्तै कुटनीतिक नियोगको पत्रका आधारमा कतार र टर्किस एयरलायन्सले चार्टर उडान अनुम’ति पाइरहेका छन् ।

वैशाख १६ गतेदेखि नि’षेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारत’बाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगा’एको थियो ।

मन्त्रि’परिषदले दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारे’न्टाइन बस्ने सर्तमा छाड्ने भनेको छ । एउटा खोप बाँकी भएको तर पी’सीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वा’रेन्टाइन बस्नु पर्नेछ ।

खोप न’लगाएको तर पीसीआर नेगेटिभ आएकाले १० दिन अनिवार्य आफ्नै खर्चमा होटलमा बस्नुपर्ने छ । आन्त’रिक उडान खोल्नेबारे भने कुनै निर्णय नभएको ती मन्त्री’ले बताए । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्