जारी निषेधाज्ञा अझै कडा , अब किराना पसल समेत खोल्न न’पाइने

उपत्यकामा जारी निषेधाज्ञा एक साता थ’पसहित किराना पसलसमेत खोल्न नपा’इने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रमुख अधिकारीको मंग’लबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

जारी एक सा_ता थपसँगै उपत्यकामा अब आगामी २० जेठसम्म निषेधाज्ञा कायम हुनेछ । काठमाडौं प्रमुख जिल्ला अधि’कारी कालीप्रसाद पराजु’लीका अनुुसार निषेधाज्ञा अनुसार निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत खोल्न पा’इनेछैन ।

कोरोना सं’क्रमण दर कम नभएपछि यस्तो निर्णय गर्न बाध्य भएको उनले जानकारी दिए । ‘जारी निषे’धाज्ञा एक साता थप गर्ने निर्णय भयो, अब किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइनेछैन,’ काठमा’डौंका प्रमुख जिल्ला अधिकारी परा’जुलीले भने ।

तरकारी तथा दुध’जन्य पदार्थ, फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपा’नीका पसल भने सञ्चालनमा रोक ल’गाएको छैन । यस्ता पसल बिहान ९ बजे’सम्म खोल्न पाइनेछ । कोरोना दोस्रो लहरको संक्रमण बढ्दै गएपछि काठमाडौंसहित भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनै जिल्लामा गत १६ वैशाख’देखि निषेधाज्ञा जारी छ ।

यसअघि, गत ३० वैशा’खमा निषेधाज्ञा थप गर्दै दुई साता र त्यसअघि २२ वैशाखमा एक साता थप गरि’एको थियो । पछिल्लोपटक थप निषेधाज्ञा १३ जेठ’ससम्म तोकिएको हो । पछिल्लोपटक सरकारले कोभिड–१९ अध्यादेश २०७८ ल्याएपछि प्रशासनले निषेधाज्ञा कार्या:न्वयनमा थप कडाइस’मेत गरेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्