उपत्यकाका सिडिओहरुको आग्रह- ‘दुई दिनभित्र एक साता धान्ने खाद्यान्न किन्नुस्’

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्या’लयले दुई दिन भित्र एक साता’का लागि धान्ने खाद्यान्न सामग्री किनेर राख्न अनुरोध गरेको छ । मंगलबार बसेको काठमाडौं, ललि’तपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)बीच बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णयसँगै उपत्य’काभित्र रहेका’हरुलाई एक साताका लागि धान्ने खाद्या’न्न सामग्री किन्न आग्रह गरेको हो ।

एक साताका लागि ब’ढाइएको निषेधाज्ञामा अबको दुई दिनपछि किराना पसल तथा डि’पार्टमेन्टल स्टोर खोल्न नपाइने निर्णय गरिएको छ । तर, सागसब्जी, माछामासु, दूधल’गायत पसल बिहान ९ बजेसम्म खोल्न दिइएको छ ।

तर, बेलुकी भने तरकारी पसल पनि खोल्न नपाइने निर्णय भएको छ ।
प्रशासनले अति आव’श्यक खाद्यान्न किन्नलाई समस्या हुने भएपछि उक्त दुई दिनका लागि समय दिएको छ । खाद्यान्नअन्तर्गत दाल, चामल, चिनी किन्न लाई दुई दिनको समय छु’ट्याइएको छ । दैनिक किराना पसल तथा डिपार्टमेन्टमा मानिसहरूको भीडले कोरोना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारी अपना’इएको छ ।

यसैगरी बैंकमा भीड बढेको भन्दै प्र’शासनले जिल्लामा शाखा बैंक एउटा र वाणिज्य बैंकको हकमा दुई वटा खोल्न अनुमति दिएको छ। पत्रकारको हकमा सूचना वि’भागको कार्ड अनिवार्य गरिएको छ। सूचना विभागको कार्ड नहुनेका लागि भने मिडिया हाउसको सिफा’रिसमा प्रशासनको अनुमति चा’हिने निर्णण् भएको छ । न्युज24 बाट

प्रतिकृया दिनुहोस्