लगा’तार ज्वरो आएपछि अ’ल्पायुमै संसार त्यागे इन्जिनियर भण्डारीले

पुल्चोक इन्जिनि’यरिङ कलेज का पुर्व विद्यार्थी ( ०७२ सिभिल इन्जिनियरिंग ), इन्जिनियर उदय भण्डारीको असामा’यिक नि’धनले हामी स्तब्ध भएका छौँ । उदय भण्डारी क्याम्पस जीवनमा क्याम्पसका सम्पूर्ण गति’विधि हरुमा अत्यन्त क्रियाशील, परोपकारी कर्म मा सदैव समर्पित र कुशल विद्यार्थी हुनुहुन्थ्यो र पेशागत जी’वनमा प्रगति गर्दै हुनुहुन्थ्यो ।

सिभिल इन्जि’नियर उदय भण्डारीको निधन भएको छ । पछिल्लो समय कर्णाली क्षेत्रमा पूर्वाधार विका’स क्षेत्रमा काम गर्दै आइरहेका उनको आइतबार साँझ १० बजेको समयमा असा’मयिक निधन भएको हो ।

पुल्चोक क्याम्पस’बाट सिभिल इन्जिनियरिङ गरेर राम्रो सम्भावनाका साथ आफ्नो क्षेत्रमा क्रियाशिल रहेका भण्डारीको असमा’यिक निधनले इन्जिनि’यरिङ क्षेत्र नै यतिबेला स्तब्ध बनेको छ । उनको उमेर करिब २४ वर्षमात्र थियो । १५ दिनअघि मात्र उनको जन्म’दिन थियो ।

उनीनिकट साथीह’रुका अनुसार भण्डारी दुर्गम क्षेत्रमा बसेर पूर्वाधार निर्माण कार्यमा क्रियाशिल थिए । सहयोगी भावना, मेहनती र इ’मानदार उनी सबै’का प्रिय थिए । विद्यार्थी जीवनमा समेत पुल्चोक क्याम्पसमा हरेक कार्यमा उनी अग्र:सर रहन्थे र आफ्नो राम्रो छाप छाडेका थिए ।

उनी पछिल्लो समय कर्णाली क्षेत्रको लुक्ला–खुलालु–लैफू सडकअन्तर्गतको पुल निर्माण’मा खटिएका थिए । उनी निर्माण व्यवसा’यी श्री कन्काई–नेपाल प्रगति जेभीको तर्फबाट सो प्रोजे’क्टमा कार्यरत थिए ।

कामकै क्रम’मा ज्वरो आएपछि उनी अस्पताल गएका थिए । उनको पिसीआर परीक्षण गरिएको छ र रिपोर्ट आज बेलुका’सम्म आउँछ । उनी निकटका अ’नुसार उनमा कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

उनले पद्मोदय पब्लि’क मोडल हाईस्कुल दाङबाट प्लस टू पास गरेका थिए । तपाईंको रचनात्मक क्रियाशीलता क्या’म्पसका हरेक भित्ताले सदैव सम्झिर’हनेछ उदय । यस पिडाको घडीमा शोक संतब्ध परिवार, इष्ट मित्र तथा आफन्तजन समपुर्णमा भावपूर्ण समवेद’ना व्यक्त गर्न चाहन्छौं । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्