दक्षिण कोरियामा कार्यरत नेपाली’मा पहिलो पटक कोरोना संक्रमण देखिएको छ। यहाँ’काे चुङचेंगनामको एक कि’म्ची कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीमा संक्रमण पुष्टि भएको हो।
गैरआवासीय नेपाली संघ को’रियाका महासचिव विमल सुवेदीले नेपालीमा संक्रमण पुष्टि भइसकेकाले थप सचे’तना तथा सतर्कता अपनाउन दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपालीमा आग्रह गरेका छन्।
संक्रमित युवतीसँग सम्पर्कमा रहेका १७ जनामा काे’राेना संक्रमण देखिईसकेकाे छ ।
उनिसँग सम्पर्क’मा रहेका थप १ सय ३१ जनामा परीक्षण गरिएकाे र उनिहरुकाे रिपाेर्ट आउन बाँकी रहेकाे बताईएकाे छ । उनिसँग सम्पर्कमा रहेका थप नेपा’लीमा संक्रमण दे’खिन सक्ने त्रास बढेकाे छ ।
यो पनि…सिओलमा बस्ने विदेशीलाई कोरोना राहत प्रदान गरिँदै
सिओलमा बस्ने विदेशीला’ई कोरोना भाईरस आपतका’लिन नगद राहत प्रदान गरिने भएको छ । यस अघि मार्च महिनामा सउलमा उक्त राहत बाँडिएको भए’पनि विदे’शीलाई उक्त राहत पाउन बाट बञ्चीत गरिएको थियो ।
सिओल महान’गरले प्रदान गर्ने सो राहत परिवार’को सदस्य संख्या र न्युनतम प्रतिव्यक्ति आय भन्दा कम आमदा’नी भएका परिवारलाई बढिमा ५ लाख वन सम्म प्रदान गर्ने छ । यस राहत कार्यक्र’मले सिओलमा बस्ने ९५ हजार वि’देशी लाभान्वीत हुने अपेक्षा गरिएको छ ।
कोरिया प्रवेश गरेको अगष्ट २७ सम्ममा ३ महि’ना पुगेको हुनुपर्ने र राहत प्राप्त गर्न योग्य विदे’शिले आवेदन दिन सक्ने बताईएको छ । कोरियामा बसेर अध्ययन गर्ने र भिषा’द्धारा अनुमति नपाईए’का व्यवसाय गर्ने विदेशी भने उक्त राहत पाउन योग्य नरहेको सूचनामा उल्लेख छ ।
प्रिपेड कार्ड मार्फत प्रदान गरि’ने उक्त राहत रकमको म्याद डिसेम्बर १५ सम्मकाला’गि मात्र रहने बताईएको छ । एक दे’खि दुई जनाको परिवारलाई ताेकिएकाे मापद’णडमा आधारित रहेर ३ लाख वन, तीन देखि चार जनाको परिवारलाई ४ लाख वन र ५ देखि ६ जनाको परि’वारलाई ५ लाख वन प्रदान गरिने छ ।
सिओल महानगरले यस अघि मार्च महिनामा नगरभित्रमा कोरोकाकारण आय ख’स्किएका १६ लाख परिवा’रलाई राहत उप’लब्ध गराएको थियो ।
त्यतिबेला कोरियामा विहे गर्ने आप्रवासी र शरणर्थीहरुलाई उक्त राहत प्रदान गरिएपनि अन्य विदेशीलाई भने उक्त राहत’बाट बञ्चीत गरिएको थियो ।
सरकारको उक्त विभेदकारी कद’मको विरोध भएपछि जुन महिनामा मानव अधिकार आ’योगले उक्त राहत विदेशीलाई पनि प्रदा’न गर्नुपर्ने सिफरिस यहाँको सरकारसमक्ष गरेको थियो ।
उक्त कार्यक्रम अगष्ट ३१ देखि सुरु भएर सेप्टेम्बर २५ सम्म चल्ने छ । आवेदनका’लागि (http://fds.seoul.go.kr). मा लगइन गरि गर्न सकिने छ । अनलाईन बाहेक अन्य क्षेत्रहरुमा पनि आवेदन दिने व्यवस्था गरिएको छ । ई-९ भिषाधा’रीलाई भने याे सुविधा उपलब्ध छैन ।