ज्योति विकास बैंक तु’लसीपुर शाखा प्रमुख डिल्ली केसी (आयाप) को निधन भएको छ । तुलसीपुर उपमहान’गरपालिका वडा नं. ६ गोलौरा निवासी ३२ बर्षीय कसीको कोरोना संक्र’मणका कारण मृ’त्यु भएको उनका आफन्ती राजेन्द्र मह’ताराले बताए ।
२५ दिन अघि कोरोना संक्रम’ण पुष्टि भएका केसीको काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो । उनी कलाकारिता क्षेत्रमा पनि क्रिया’शिल थिए । केही म्युजिक भिडियोमा अ’भियान समेत गरेका छन् ।
यो पनि , म्याग्दीमा कोरोना स:ङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्र’मण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रा’मीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना स’ङ्क्रमण पुष्टि भएको छ ।
बेनी अस्पता’लका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखि’एको बताउनुहुन्छ । सदरमुकाममा सङ्क्र’मणदर घट्नुमा वैशाख २२ गतेदेखि भएको निषेधा’ज्ञाको प्रभाव परेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरुको वि’श्लेषण छ ।
“बेनी बजारमा नयाँ सङ्क्र’मित थपिने क्रम घटेको छ तर ग्रामीण क्षेत्रमा थपिएकाले समग्र जिल्लाको अवस्था स्थिर छ”, डाक्टर कडेलले भन्नुभयो, “ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै सङ्क्र’मित पहिचान हुन थालेका हुन् ।” बेनी अस्पतालको आइसोलेशनमा उपचाररत अधिकांश सङ्क्र’मित नगरपालिकाको ग्रामीण क्षेत्र र पालिकाको आइसोलेशनबाट रिफर भएर आए’काहरु छन् ।
नि’षेधाज्ञा भएपछि शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भित्रिएको कोरोनाको सङ्क्र’मण विवाह, चौरासी, व्रतबन्ध्र, छेवार, किरिया जस्ता सांस्कृ’तिक कार्यमा भएको जमघट र भोज भतेरमार्फत फैलि’एको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक’नारायण लम्सालले बताउनुभयो ।
सोमबार पछिल्लो २४ घण्टामा म्याग्दी’का ६५ सङ्क्रमितमध्ये अधिकांश ग्रामीण क्षेत्रका छन् । योसँगै म्याग्दीमा कोरोना सङ्क्र’मितको सङ्ख्या एक हजार ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ सङ्क्र’मित निको भएर आइसो’लेशनमुक्त भएका छन् । म्याग्दीमा ५२० सक्रिय सङ्क्रमित छन् ।
बेनी नगरपालि:काका स्वास्थ्य शाखा संयोजक लीला गौतमका अनुसार नगर क्षेत्रमा पछिल्लो पटक घतान, अर्थुङ्गे र भकिम्ली’मा सङ्क्रमण फैलिएको छ । भकिम्लीमा ३२ जना लक्षण दे’खिएका र शङ्कास्पदको स्वाबको नमूना परीक्षण गर्दा २८ जनामा सङ्क्र’मण पुष्टि भएको उहाँले बताउनुभयो ।
यसैगरी रघुगङ्गा गाउँपालिकाको पिप्ले, दग्नाम र चिमखोलामा स’ङ्क्रमण फैलिएको छ । केही दिनअघि वडा नं ५ को छिस्वाङमा फै’लिएको कोरोना केही दिनयता मङ्गलाको वडा नं ३ मा पर्ने बर’ङ्जा क्षेत्रमा बढेको छ ।
एक हप्ताअ’घिसम्म न्यून मात्रामा सङ्क्रमित भएको मालिका गाउँपालिकाको देविस्थान, रुम, डाडागाउँ र निस्को’टमा देखिएको छ । मालि’कामा रुमका ३२, देविस्थानका २३, निस्कोटमा नौ, डाडागाउँमा आठ, ओखरबोटमा छ र दरवाङमा एक जना सङ्क्र’मित छन् ।
अन्नपूर्ण’को दोवामा पनि कोरोना सङ्क्र’मित भेटिएका छन् । धवलागिरिको ताकम र लुलाङमा पनि सङ्क्र’मणको अवस्था स्थिर देखिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लार’वाहीका कारण ग्रामीण क्षेत्रमा कोरोना म’हामारी नियन्त्रणमा चुनौती देखिएको छ । म्याग्दीको गुर्जा, बिम, मल्कवाङ, कुइनेमङ्गले, पाखा’पानी, झिँ र राम्चेबाहेकका वडाहरु कोरोना महा’मारीबाट प्रभा’वित भएका छन् । इताजा खबरबाट