कुलमान छँदा जस्तो बत्ति किन आउँदैन अचेल ? के अघोषित लोडसेडिङ सुरु भएको हो ?

पछिल्ला केही दिनयता सर्व’साधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधि’करणको फितलो व्यवस्थापनका कारण राज’धानीका विभिन्न स्थानमा दै’निक जसो नै बत्ती आउने जाने भइरहेको छ ।

यस्तै सम’स्या देशका अन्य प्रमुख सहरमा समेत हुने गरेको उपभोक्ताले बताएका छन् । देशभर दैनिकज’सो बत्ती आउने जाने गरेको गुनासो आउन थालेका छन् । बत्ती जाने आउने स’मस्या बढे पनि यसको दीर्घकालीन समाधान गर्न प्राधि’करण असफलजस्तै देखिएको छ ।

नेपाल विद्युत् प्रा’धिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य भने लोडसेडिङको समस्या नर’हेको दाबी गर्छन् । ‘लाइन नै सर्ट भएर ट्रान्स’फर्मर पट्केर कुनैबेला बत्ती गएको हुन सक्छ तर प्रणालीमा कुनै समस्या छैन । बत्ती जाने समस्या हुँदा हाम्रो भाइबर र वाट्सयापमा तुरुन्तै सूचना आउने गरेको छ । त्यसलाई हामी तुरुन्तै समा’धानसमेत गर्ने गरेका छौं,’ कार्यकारी नि’र्देशन शाक्यले राजधानीसँग भने ।

अहिले हावा’हुरी चल्ने प्रतिकूल मौसमका कारण प्रसारण लाइनमा सानो समस्या आउँदा पनि विद्युत आपूर्ति अवरु’द्ध हुने गरेको प्राधिकरणले जनाएको छ । नेपालमा वैकल्पिक प्रसारण लाइन नहुँदा कुनै एउटा खण्डमा सानो स’मस्या आउँदा पनि सो लाइनले ओगटेको ठूलो क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध हुने गरेको प्राधिकरणको दाबी छ यो समाचार आजको राजधानी दै’निकमा छ ।

यतिबेला हुरी–बतास, चट्याङ र असि’नापानी पर्ने मौसम हो । प्रसारण लाइन’को एउटा बाटोमा अवरोध हुँदा सीमित वैकल्पिक बाटोको प्रयोग गरेर विद्युत् आपूर्ति गर्नुपर्छ । एउटा लाइनको वि’द्युत् अर्को लाइनबाट पठाउन समय लाग्ने हुँदा केही समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको प्राधि’करण बताउँछ । ओएसनेपालबाट

प्रतिकृया दिनुहोस्